RUMPUM
animated ellipse animated ellipse

यौन काण्डमा मुछिएका गायक प्रकाश ओझालाई दश बर्ष कैदको फैसला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ माघ २०७३, शुक्रबार २०:१८
3
Shares
काठमाडौं,माघ १४ / सुनसरी इटहरीका गायक प्रकाश ओझालाई सर्वोच्च अदालतले सेक्स स्क्यान्डलमा १० बर्ष कैद फैसला सुनाएको छ ।
पुनरावेदन अदालत विराटनगरको फैसलालाई उल्टाउदै गायक प्रकाश ओझालाई १० वर्षको जेल सजाय सुनाएको हो । सर्वाेच्चले फैसला गरेपछि प्रहरीले उनलाई पक्राउ गरी जेल चलान गरेको छ ।
सुनसरी इटहरीबाट साङगितिक क्षेत्रमा उदाएका ओझालाई मानव बेचविखन तथा ओसारपसारको दुई मुद्दामा ५र५ गरी १० वर्ष जेल सजाय सुनाएको हो । फैसला लगतै फरार भएका ओझालाई काठमाडौं शंखमुलमा लुकेर बसेको अवस्थामा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले पक्राउ गरेको हो । ओझालाई शुक्रबार नै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो ।
यस्तो थियो अपराध –
पूर्व क्षेत्रबाट एक एक चर्चित बनेका गायक तथा हास्य कलाकार ओझा २०५९ को यौनकाण्डमा मुछिएका थिए । ओझाको यौन भिडियो सार्वजनिक भएको थियो ।

ओझाले नायिका बनाउने प्रलोभन देखाएर शारीरिक सम्वन्ध राखेका आरोप छ । शारीरिक सम्बन्ध राखेर त्यसको तस्वीर तथा भिडियो बनाएर सार्वजनिक समेत गरेका थिए ।
उनले ०५९ सालदेखि लगातार २ वर्षसम्म डरत्रास देखाएर तीन बालबालिकासँग अनैतिक सम्वन्ध राखेको र अश्लिल तस्वीर तथा भिडियो खिचेको आरोप छ । त्यही तस्वीर र भिडियो देखाएर उनले पटक पटक यौन शोषण र अप्राकृतिक मैथुन गरेको र तस्वीरहरु वेबसाइटमा राखेर बेच्ने प्रयास गरेको सर्वोच्चको ठहर छ ।
सो घटनाकी पीडित जेसिका (ज्योती) खड्काले झण्डै दुई वर्ष अघि आत्महत्या गरिन् । यौन काण्डपछि गुमनाम बनेकी खडका केही बर्ष पछि जेसिका नाम मार्फत रंगक्षेत्रमा प्रवेश गरेकी थिइन । उनले झुण्डिएर आत्महत्या गरेकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर