RUMPUM
animated ellipse animated ellipse

युथ फर ब्लड सम्मानित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ माघ २०७४, शुक्रबार १८:०२
3
Shares
विराटनगर १२ माघ / रगतको क्षेत्रमा काम गर्दै आएको युथ फर ब्लड पुन चौथो पटक सबैभन्दा बढी रगत संकलन गर्ने सस्थाको रुपमा प्रथम भइ सम्मानित भएको छ ।

२०७१ सालयता हरेक वर्ष बढि रक्तदान गराउने संस्थाको रूपमा सम्मानित हुदै आएको छ । मोरङ रक्त संचार सेवा दिवसको उपलक्ष्यमा नेपाल रेकक्रस सोसाईटी मोरङले प्रथम एवार्ड र प्रशंसा पत्रले सम्मान गरेको हो ।

नेपाल रेडक्रस सोसाईटी मोरङ शाखा अन्तर्गत क्षेत्रिय रक्तसञ्चार सेवा केन्द्रद्धारा संचालित रक्तदान जिवन दान कार्यक्रमलाई सार्थकता प्रदान गर्दै युथ फर बल्डले ७ सय ८ पिन्ट रगत संकलन गरी मानविय सेवा प्रदान गरेको भन्दै सम्मान तथा अवार्ड प्रदान गरेको नेपाल रेडक्रस सोसाईटीका सभापती सुबोधकुमार सिहले जानकारी दिए ।

सम्मानित हुने संस्थालाई कार्यक्रमका प्रमुख अतिथी विराटनगर महानगरपालीकाका मेयर भीम पराजुलीले अवार्ड प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर