RUMPUM
animated ellipse animated ellipse

मोरङ २ मा पार्टी प्रवेश गर्नेको लहर

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ मंसिर २०७४, बुधबार १७:५५
3
Shares
विराटनगर, ६ मंसिर / मोरङको निर्वाचन क्षेत्र नम्बर २ मा विभिन्न पार्टी परित्याग गरी बाम गठबन्धनमा पार्टी प्रवेश गर्ने लहर नै चलेको छ । यस निर्वाचन क्षेत्रमा बामगठबन्धनमा प्राय दैनिक जस्तो प्रवेश गर्ने गरेको हो ।

बामगठबन्धनले २ नम्बर क्षेत्रको विभिन्न स्थानलमा आज आयोजना गरेको चुनावी सभामा विभिन्न पार्टी परित्याग गरी बाम गठबन्धनमा २ सय ४ जना प्रवेश गरेका थिए । प्रवेश गर्ने नयाँ आगन्तुकहरुलाई यस निर्वाचन क्षेत्रका प्रतिनिध सभाका उम्मेदवार ऋषिकेश पोखरेल र प्रदेशतर्फको ‘ख’का उम्मेदवार गणेश उप्रेती शुसिलले अविर र माला लगाएर बाम गठबन्धनमा प्रवेश गराएका थिए ।

बाम गठबन्धनले चुनाबी सभासँगै घरदैलो अभियनसमेत तिव्र रुपमा अगाडी बढाएको छ । उम्मेदवाहरुले आ–आफ्नो चुनावी एजेण्डा सुनाउँदै मतदाताको घर आँगनमा पुग्ने गरेका छन् ।

नेकपा एमाले र मोआवदी केन्द्र बिच निर्वाचनमा गठबन्धन बनाएर निर्वाचनमा होमिएपछि गठबन्धनमा विभिन्न पार्टी परित्याग गरी प्रवेश गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर