खबर पूर्वाञ्चल
लेटाङमा आज सम्पन्न संघको सातौं अधिवेशनमा धिमाल ८ मतका साथ विजयी भएका हुन् । यस जितसंगै धिमालले मोरङ फुटबल संघमा ह्याट्रिक गरेका छन् । उनका प्रतिद्धन्दी किरण गिरीले ६ मत हात पारे । मोरग जिल्लामा रहेका कुल १४ वटा क्लबबाट निर्वाचन भएको हो।
जित हात पारेका धिमालले विगतमा भएका कमीकमजोरीलाई सच्याउने बताए । उनले भने, विगतमा भएका घटनाक्रमलाई विर्सनेछु । अब मोरङको फुटबल नयाँ शिराबाट अघि बढ्छ । महासचिव र कोषाध्यक्ष पद कार्यसमितिको बैठकले टुंगो लगाउने नवनिर्वाचित अध्यक्ष धिमालले जानकारी दिए । उनले यस निर्वाचनले फुटबललाई थप एक ढिक्का बनाउन सहयोग गर्ने र सबै साथीभाईलाई समेटेर अघि बढ्ने बताए।
२०५२ सालमा स्थापित संघमा पहिलोपटक निर्वाचन भएको हो । यसअघि सहमतिमा पदाधिकारी निर्वाचिन हुदै आएका थियो ।
यसैबीच पूर्व प्रशिक्षक एवं मोरङ जिल्लाका फुटबल प्रशिक्षक शिवभक्त जोशीले भने, फुटबलको विकासमा सबै एक भएर लाग्न आव्हान गरे । उनले खेलसंगै खेलसामाग्रीहरुमा नयाँ टोलीले ध्यान दिने र जिम्मेवारी बोध गर्नु पर्नेमा जोड दिए ।
यसैगरि, तीन उपाध्यक्षका लागि पाँच जनाको उम्मेद्वारी परेको थियो । जसमा दीपेन्द्र तिवारीले ८ मत , माधव राजभण्डारी विमलले ९ मत र धनकुमार लामा ८ मत सहित विजयी भएका छन् । त्यसैगरि, महिला सदस्यमा कौशिला लिम्बू निर्विरोध निर्वाचित भएकी छिन् । त्यसैगरि, सदस्यमा ओमप्रकाश मास्के, उद्धवकुमार भुजेल, इन्द्रमणि पोखरेल, प्रेमप्रसाद तामाङ, खड्गबहादुर श्रेष्ठ, नगेन्द्र घिसिङ, माधवप्रसाद लिम्बू र तेजराज गिरी निर्विरोध निर्वाचित भएका छन् ।
यस अघि जिल्लामा पूर्व प्रशिक्षक एवं अखिल नेपाल फुटबल संघका पूर्व मानार्थ उपाध्यक्ष सन्तोष बानियाले दुइ कार्यकाल अध्यक्ष पदको जिम्मेवारी सम्हालिसकेका छन् भने प्रदीप भगत, र किशोर तिम्सिनाले समान एकपटक अध्यक्ष भइसकेका छन् ।
तपाईको प्रतिक्रिया