RUMPUM
animated ellipse animated ellipse

मोरङको मतगणना आदर्श स्कूलमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० मंसिर २०७४, बुधबार १८:२७
3
Shares
विराटगर, २० मंसिर । मोरङ जिल्लाको ६ वटा निर्वाचन क्षेत्रको मतगणना विराटनगरको आदर्श उच्च माविमा हुने भएको छ ।

मतादान सकिएको भोलिपल्ट शुक्रबारदेखि प्रत्येक निर्वाचन क्षेत्रको तीन ठाउँबाट गणना हुने क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

६ वटा निर्वाचन क्षेत्रको एक साथ आर्दश स्कूलको १८ वटा कोठामा मतगणना हुने क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

प्रत्येक गणनास्थलमा मतदान अधिकृतको नेतृत्वमा ७ जना कर्मचारी परिचालन हुने क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमन्त श्रीवास्तबले जानकारी दिए । गणनाको लागि एक सिफ्टमा १ सय ३६ जनाको दरले कर्मचारी परिचालन निर्वाचन कार्यालयले तयारी गरेको छ ।

मत गणना गर्न निर्वाचन अधिकृतको नेतृत्वमा साहयक मतदान अधिकृत, कम्प्यूटर अपरेटर र साहयक कर्मचारीहरु पचिरालन गर्ने भएको छ ।

मतगणना गर्ने स्थलमा सुरक्षा व्यवस्था समेत कडा पर्ने भएको छ । प्रहरीले मतणना गर्ने स्थलमा बुधबार तारजाली लगाएको छ । तारजाली भित्र गणकले मतगणना गर्नेछन् । जाली बाहिर दलका प्रतिनिधीलाई राख्ने व्यवस्था मतणना स्थलमा बनाएको छ । सुरक्षा व्यवस्थानमा ध्यान राख्दै प्रत्येक मतदान स्थलमा सिसी क्यामारा राखिएको छ ।

मोरङमा ७ लाख ४४ हजार ७ सय ८५ मतदाता रहेको क्षेत्रिय निर्वाचन कार्यालयले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर