RUMPUM
animated ellipse animated ellipse

मोरङको कर्सियामा गोली प्रहारगरी लुटपाट, एक गम्भिर घाइते

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ माघ २०७३, बुधबार १६:५६
3
Shares
विराटनगर, १२ माघ÷ मोरङको कर्सियामा लुटेराहरुको एक समुहले आज दिउ“सो वित्तिय संस्थाका एकजना कर्मचारीमाथि गोली प्रहार गरेर २ लाख बढी लुटपाट गरेका छन् । लुटेरा समुहले जीवन विकास समाजका कर्मचारी ३५ बर्षिय घनश्याम बहरदार माथि दिउ“सो १२ बजेतिर गोली प्रहार गरेर २ लाख बढी लुटपाट गरेका हुन् ।
कर्सियाको पश्चिमचर्फ रहेको खोला छेउमा लुकेर बसेका चार जना लुटेरा समुहले जीवन विकास समाजका बरिष्ठ फिल्ड साहायक बहरदार माथि गोली सहित रडले कुटपिट गर्दै उनले दादरबेरीयाबाट संकलन गरेर ल्याएका रकम लुटेर फरार भएको जीवन विकास समाजका फिल्ड साहायक रबिन्द्र नारायण ठाकुरले जानकारी दिए ।
गोली र रड प्रहारबाट घाइते भएका बहरदारको विरानगरस्थित विराट अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा संलग्न चिकित्सक फणिन्द्र मण्डलले बहरदारको दाया“ तिघ्रामा गोली लागेको बताए । उनी बेहोस अवस्थामा छन् । यस्तै रड प्रहारका कारण उनको देब्रे तिघ्रा समेत भांच्चिएको जानकारी छ । उपचाररत बहरदार भने खतरामुक्त रहेको बताइएको छ ।
गोली लागेर घाइते भएका बहरदारलाई आफ्न्तहरुले विराटनगर अस्पतालसम्म ल्याएको पीडितका श्रीमति बबिता बहरदारले जानकारी दिइन । घटनामा संलग्न भएको आसंकामा एक जनालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले बताए । घटनाको अनुसन्धान भईरहेकोले पक्राउ परेका ब्यक्तीको नाम प्रहरीले सार्बजनिक गरेको छैन ।
यस अघि पनि बिराटनगरको रानीमा अज्ञात समुहले एकजना मनि ट्रान्सफरका संचालकमाथि गोली प्रहार भएको थियो । सो घटनामा पनि यसै समुहको संलग्नता रहेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर