RUMPUM
animated ellipse animated ellipse

अरनिको, मोर्डन एरा, विकेभिएम र सगरमाथा सेमिफाइनलमा प्रवेश

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ फाल्गुन २०७४, शुक्रबार १६:२३
3
Shares
विराटनगर, ४ फागुन /विराटनगरमा जारी प्रथम विद्यालय भलिबल लिग च्याम्पिनसीप पुरुष भलिबल प्रतियोगिता विराटनरका चार वटा स्कूल विजयी भइ सेमिफाइनलमा प्रवेश गरको छन् ।

विराटनगरमा आज भएको खेलमा अरनिको, मोर्डन एरा, विकेभिएम र सगरमाथा स्कूल विजयी सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको पहिलो खेलमा अरनिकोले कान्तिपुरलाई २६–२४ र २५–२३ को सोझो सेटले पराजित ग¥यो । दोस्रो खेलमा मोर्डन एराले लर्डबुद्धलाई २९–२७ र २५–१६ को सोझो सेटले हरायो । तेस्रो खेलमा विकेभिएमले ग्रेडेडलाई २५–११ र २५–१३ को सोझो सेटले पराजित ग¥यो भने अन्तिम खेलमा सगरमाथाले जेम्स इन्टरनेशनलाई २५–८ र २५–१६ को सोझो सेटले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको शनिबार हुने पहिलो सेमिफाइनल खेलमा मोर्डन एरा र विकेभिएम स्कूल तथा दोस्रो खेलमा सगरमाथा र अरनिको स्कूलबिच प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक इन्द्र राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर