RUMPUM
animated ellipse animated ellipse

मागप्रति सरकारले बेवास्ता गरे सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ माघ २०७४, बुधबार १६:५१
3
Shares
विराटनगर, ३ माघ / विभिन्न माग गर्दै आन्दोलनमा उत्रिएका नर्सहरुले आज विराटनगरस्थित कोशी अञ्चल अस्पतालबाट –याली निकालेका छन् ।

विभिन्न ११ बुँदे माग राख्दै एकहप्तादेखि मुुलुकभर आन्दोलनमा उत्रिएका नर्सहरुले दबाब स्वरुप –याली निकालेका थिए । कोशी अञ्चल अस्पतालबाट निकालिइएको ¥याली हस्पिटल चौक, जलजला मोड, गोल्छा मोड हुदै पुन कोशी अञ्चल अस्पतालमा आएर कोणसभामा परिणत भएको थियो ।

कोण सभामा बोल्दै नेपाल नर्सिङ संघ जिल्ला कार्य समिति मोरङकी उपाध्यक्ष अजिता बराल, सचिव मेनुका भण्डारीले मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशनमा परेका नर्सहरुलाई तत्काल पुनर्वहाली गर्नु पर्नेमा जोड दिएका थिए । हातमा कालोपट्टी बाँधेर विरोधमा उत्रिएका उनीहरुले नर्सहरुको सेवा, सुविधा वृद्धि गर्नु पर्ने सहितका ११ बँुदे माग राखेका छन् ।

मागप्रति सरकारले बेवास्ता गरे बिहीबारेदेखि एक सिफ्टको सम्पूर्ण सेवा बन्द गर्ने उनीहरुले चतावनी दिएका छन् । उनीहरुले नर्स पेशालाई राज्यले न्याय नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् । नर्सहरुले स्वास्थ्य मन्त्रालयअन्तर्गत छुट्टै नर्स महाशाखा स्थापना गरी नर्सिङ पेशालाई व्यवस्थित बनाउन पनि सरकारसँग माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर