RUMPUM
animated ellipse animated ellipse

भ्रष्टाचारकै निरन्तरता कि परिवर्तन?

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ कार्तिक २०७३, आईतवार २०:२७
3
Shares
फाइल तस्वीर

काठमान्डौ /यसै साता फिफा वरियता क्रममा नेपालको फुटबललाई भुटानले उछिन्यो। दुई दशकअघिसम्म भुटान ७ गोलले नेपालसँग हाथ्र्यो। तर, पछिल्लो समय भुटानी फुटबलमा देखा परेको विकासलाई हेर्दा नेपाली फुटबल समर्थकलाई इर्स्या जाग्नु स्वभाविक हो।

दुई दशकअघिसम्म नेपालसँग अन्तर्राष्ट्रिय फुटबल खेल्दा भुटान मात्र होइन, दक्षिण एसियाको बलियो फुटबल राष्ट्र भारत पनि हच्किने गथ्र्यो। तर, अहिले बिडम्बना! केही संयोगलाई छोडेर कुरा गर्ने हो भने, नेपाली फुटबल ओरालो लागेको अवस्था छ।

यही परिप्रेक्षमा नेपाली फुटबलको नयाँ नेतृत्वको लागि सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष र बरिष्ठ उपाध्यक्षको पदका लागि निर्वाचन हुँदैछ। हालको निर्वाचनमा दुई अनुभवी अनुहार वर्तमान कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्माछिरिङ शेर्पा अध्यक्ष पदका प्रत्यासी हुन्।

करिब २० वर्ष एन्फामा एक्लौटी शासन जमाएका गणेश थापा भ्रष्टाचारको मुद्दामा १० वर्ष निलम्बनमा परेपछि नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो। नयाँ नेतृत्वले थापाको बचेको डेढ वर्षको कार्यकाल सम्हाल्ने छ। यसपछि ४ वर्षको पुरा कार्यकालका लागि नयाँ निर्वाचन हुनेछ।

थापालाई गत वर्ष फिफाले भ्रष्टाचार मुद्दामा १० वर्ष निलम्बन गर्दै फुटबलको कुनै पनि गतिविधिमा समावेश हुन नपाउने गरी प्रतिबन्ध लगाएको थियो। त्यसैले दुई दशकपछि एन्फाको निर्वाचन थापाको अनुपस्थितिमा हुँदैछ।

तर, गणेश थापालाई बुझनेहरू उनी यो निर्वाचनमा बाहिरबाट सक्रिय रहेको बताउँछन्। देशभित्र उनलाई फुटबल माफियाको रूपमा चित्रण गर्न सफल कर्माछिरिङ शेर्पा नै एन्फाको आगामी कार्यकालको लागि अध्यक्षको प्रत्यासी छन्। त्यसैले उनलाई पराजित गर्न थापाले अध्यक्षका अर्का प्रत्यासी नरेन्द्र श्रेष्ठको समूहलाई भित्रीरूपमा समर्थन गर्नु आश्चर्य पनि होइन्।

गत महिना निर्वाचन अभियानअन्तर्गत हेटौंडा पुगेको नरेन्द्र श्रेष्ठको टोलीसँग थापाले जिल्ला फुटबल संघका पदाधिकारी बोलाएर मिटिङ गराएका थिए। त्यतिमात्र होइन, फिफाले उनलाई फुटबलको कुनै गतिविधिमा लाग्न नपाउने गरी निलम्बन गर्दा पनि श्रेष्ठले डेढ महिनाअघि एन्फाको एउटा कार्यक्रममा थापालाई अतिथिको रूपमा एन्फा कम्प्लेक्समै निम्त्याएका थिए। जसको स्पष्ट अर्थ हुन्छ, उनी थापाको छायाँको रूपमा यो निर्वाचनमा उठदैछन्। अर्थात नरेन्द्र श्रेष्ठले निर्वाचन जित्नु भनेको फिफाले भ्रष्टाचारी घोषणा गरेका गणेश थापाकै कार्यकालको निरन्तरता हो।

श्रेष्ठकै प्यानलबाट थापाका साला मणि कुँवर बरिष्ठ उपाध्यक्ष पदमा लड्दैछन्। यसैले पनि श्रेष्ठको अभियान बुझन सहज छ। गणेश थापा निलम्बनमा परेपछि कार्यवहाक अध्यक्षको जिम्मेवारी पाएका श्रेष्ठले थापाका जेठा छोरा गौरवलाई अन्तर्राष्ट्रिय सम्वन्यकर्ताको नयाँ पद सिर्जना गर्दै आर्थिक सुविधा उपलब्ध गराएका थिए। जबकी गौरव मलेसियामा एसियाली फुटबल महासंघ (एएफसी) मा कार्यरत रहँदा भ्रष्टाचारको मुद्दामा पक्राउ पर्ने डरले भागेर नेपाल फर्किएका व्यक्ति हुन्।

एएफसीका निलम्बित अध्यक्ष कतारका मोहम्मद बिन हमामबाट १ लाख डलर (१ करोड रूपैयाँ) गौरवको अकाउन्टमा ट्रान्सफर भएको प्रमाणित भएपछि सोधपुछका लागि मलेसियाली प्रहरीले पक्राउ गर्ने आशंकाका बीच उनी भागेर नेपाल आएका थिए।

थापाविरूद्ध अख्तियारमा मुद्दा दायर गरेका कर्माछिरिङ शेर्पाले यसपालिको निर्वाचनलाई परिवर्तनको लागि भनेका छन्। थापाको करिब ५८ करोडको भ्रष्टाचारसम्बन्धि मुद्दा अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले तामेलीमा राखेर उनलाई सभासद् बन्ने मार्ग प्रसस्त गरेका थिए। लोकमानले तामेलीमा राखेको पत्रलाई पनि ‘सफाइ पाएको’ भन्दै थापाले फिफामा पत्राचार गरेका थिए।

थापालाई अन्तर्राष्ट्रिय समुदायले भ्रष्टाचारी र विश्वास गर्न योग्य नभएको भन्दै १० वर्ष प्रतिबन्ध लगाए पनि देशभित्र कुनै कारवाही भएको छैन्। उल्टै उनले चलखेल गरिरहेको एन्फाको निर्वाचन जित्नु कर्माछिरिङको लागि पनि त्यति सहज पक्कै छैन्।

तर, यसपालि पूर्वाञ्चलको पुरै जिल्ला कर्माछिरिङको पक्षमा उर्लिएर लागेको छ। एन्फाको सुरुवातको दिनमा गणेश थापालाई फुटबल नेतृत्वमा टिकाउन पूर्वाञ्चलको ठूलो समर्थन थियो। यसपालि त्यो एकजुटता पूर्वाञ्चलले देखाउन सफल भएको खण्डमा कर्माछिरिङको जीतलाई रोक्न असम्भव छ। यसमा पनि उनलाई अन्य जिल्ला र क्लबले पनि समर्थन गरेका छन्। उनको टिमबाट बरिष्ठ उपाध्यक्षमा दीपक खाती उठेका छन्। खाती पनि गणेश थापाको भ्रष्टाचार विरोधी अभियानमा सक्रिय व्यक्ति हुन्।

उनीबाहेक यसपालि ‘आश्चर्यचकित’ रूपमा बरिष्ठ उपाध्यक्षमा राष्ट्रिय टोलीका पूर्वकप्तान तथा गोलरक्षक उपेन्द्रमान सिंह उठेका छन्।

त्रिपक्षिय लडाइँमा यसपालि बाजी कसले मार्ने हो? यो आम नेपाली फुटबलप्रेमिको लागि कौतुहलताको विषय हो। किनभने यसले २० वर्ष भ्रष्टाचारको दलदलमा फसेको नेपाली फुटबलको भविस्य निर्धारण गर्नेछ।

सेतोपाटि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर