RUMPUM
animated ellipse animated ellipse

भारतमाथि नेपालको ऐतिहासिक जित, कप्तान दीपेन्द्रको अलराउन्ड प्रदर्शन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ कार्तिक २०७४, आईतवार १९:४१
3
Shares
विराटनगर, २६ कात्तिक/ नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्र भारतलाई १९ रनको ऐतिहासिक जित हासील गरी एसीसी यू–१९ युथ एशिया कप क्रिकेट प्रतियोगिताको अन्तिम चार नजिक पुगेको छ ।

कुनै पनि स्तरकोको क्रिकेटमा नेपालले भारतपराजित गरेको यो पहिलो पटक हो । भारतीय टिम भारतका पूर्व कप्तान राहुल द्रविडको प्रशिक्षणमा रहेको छ । नेपाली यु–१९ टिमले यो भन्दा अघि बंगलादेश, पाकिस्तान, न्युजिल्याण्ड, दक्षिण अफ्रीका जस्ता टेस्ट रास्ट्रहरुलाई पराजित गरेको इतिहास छ ।

नेपालले गत हफ्ता मात्रै बंगलादेशलाई मैत्रीपूर्ण सिरिजको अन्तिम खेलमा ६ विकेटले पराजित गरी उच्च मनोबलका साथ मलेसीया उडेको थियो ।
नेपालले अव लिगको अन्तिम खेलमा आयोजक मलेसीयालाई पराजित गरे अन्तिम चारमा प्रवेश पाउँछ ।
मलेसियाको किनरारा ओभल मैदानमा भएको खेलमा कप्तान दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनसँगै नेपालले भारतमाथी ऐतिहासिक जित हासिल गरेको होे ।

नेपालले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको भारत ४८ दशमलव १ बलमा १ सय ६६ रनमै चित्त बुझाएपछि नेपालको १९ रनको जित सम्भव भयो ।

ऐरीको ८८ रनको कप्तानी पारीको साथै ४ विकेट लिएपछि भारतको ब्याटिङ पंक्ति धराशायी बनेको हो ।

भारतका कप्तान हिमांशु राना र मनजोत कलराले आक्रामक सुरुवात गर्दै पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरे पनि नेपाली बलहरुले अन्य भारतीय ब्याट्सम्यानलाई धेरै समय क्रिजमा टिक्न दिएनन् ।कमल सिंह ऐरीको बलमा बोल्ड हुनुअघि ओपनर रानाले ४६ रन बनाए । त्यस्तैं कलरालाई ३८ रनको व्यक्तिगत स्कोरमा पवन सर्राफले रोहित कुमार पौडेलको हातबाट क्याच आउट गराए । नेपालका कप्तान ऐरीले पवन सर्राफले कसिलो बलिंग गर्दै १० ओभरमा २४ रन खर्चेर २ विकेट हात पारे ।

शाहब आलमले २ विकेट लिने क्रममा ४दशमलव १ बलमा ११ रन खर्चिएका थिए । सन्दिप लामिछानेले १० ओभरमा ३० रन खर्चेर १ विकेट तथा र कमल सिंह ऐरीले पनि१ विकेट आफ्नो नाम गरेका थिए ।
यस अघि हस हारेर ब्याटिङ गरेको नेपालले कप्तान ऐरीको उत्कृस्टे क्रममा ८८ रनको योगदानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई १ सय ८५ रनको सामान्य योगफ खडा गरेको थियो । ऐरीले १सय१ बलमा ६ चौका र २ छक्का प्रहार गरेका थिए । टेस्ट रास्ट्र बिरुद्ध दिपेन्द्रको यो मात्रै उत्कृस्ट प्रदर्शन भने हैन । अन्तिम पटक श्रीलंकामा सम्पन्न यु–१९ एसिया कपमा ऐरीले ९० रनको इनिंग खेलेपनि जितबाट नेपाल मात्र १ रनले चुकेको थियो ।

बायुमास ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गर्यो । आसिफ शेख ३ रन , अनिल साह ६ रन बनाएर आउट भएपछि नेपालले पहिलो २ विकेट २८ रनको स्कोरमा गुमाएको थियो । त्यसपछि ब्याटिङ गर्न आएका ऐरीले ओपनर जितेन्द्र सिंह ठकुरीसंग तेश्रो विकेटको लागि ४९ रनको साझेदारी गर्दै नेपालको इनिङ बुनेका थिए । जितेन्द्र ३६ रन बनाएर २८ औं ओभरमा आउट भए । जितेन्द्रले ९५ बलमा ३ चौका प्रहार गरेका थिए ।

रोहित पौडेल ६ , भिम शार्की १५ तथा पवन सर्राफ १ रन बनाएर आउट भएका थिए।

शतकबाट १२ रनले चुकेका कप्तान ऐरी ४९ औं ओभरमा मन्दिप सिंहले पेभेलियन पठाएका थिए ।

भारतीय टिमको लागि बलर अभिषेक शर्मा र आदित्य ठाकरेले २–२ विकेट दिलाएका थिए ।

यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल पराजित भएको थियो। नेपाललाई बंगालदेशले २ विकेटको झिनो अन्तरले हराएको थियो। एसिया कपअन्तर्गत भारतले पहिलो खेलमा मलेसियालाई हराएको थियो। नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर