RUMPUM
animated ellipse animated ellipse

बिद्यालयलाई आर्थीक सहयोग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ बैशाख २०७४, मंगलवार १८:२१
3
Shares
गोपाल काफ्ले
पथरी, २६ बैशाख / आफुले अध्ययन गरेको बिद्यालयको स्तर उन्नतीको लागि कसैले हत्तपत्त सम्झिने गरेको पाईदैन । कमैले सम्झिन्छ्न ।
तर पुर्ब विधार्थी तथा युवा समाजसेवि सुन्दर श्रेष्ठले आज आफुले अध्ययन गरेको खोपीडाडाको प्रभात आधारभूत बिद्यालयलाई नगद ५० हजार सहयोग गरेका छन् ।
बिद्यालय अगाडि रहेको होलिमा घेराबारा पख्राल लगाउन उनले उक्त रकम सहयोग गरेका हुन् । उनले सो रकम अध्यक्ष रुद्र सुब्बा र प्रअ मोहन चापागाईलाई हस्तान्तरण गरेका छन् । बिद्यार्थीहरु स्कूलमा खेल्दा खेल्दै होलि डुबने डर र बर्खामा झनै समस्या हुने भएकोले यो दुखमा सानो सहयोग गरेको हु, उनले भने ।
उनले आगामी दिनमा पनि सहयोग गर्ने बताउदै आफूले पढ्दाको समयको यस बिद्यालयको स्मरण गरेका थिए । यस अघि गाउँमा एकल लगानीमा उनले सडक बत्ती जडान गरिदिएका थिए । घेराबाराको लागि ५ लाख लाग्नेछ । यस अघि केबिआई ग्रुपले पनि ५० हजार सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर