RUMPUM
animated ellipse animated ellipse

बर्मा र नेपाललाई जोड्दै बर्मेली साहित्यकार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ मंसिर २०७३, बुधबार १९:५५
3
Shares
१ मंसिर,विराटनगर /केही वर्षयता बर्मेली नेपाली भाषी साहित्यकारहरुको नेपाल आउने क्रम बाक्लिएको छ । उनीहरु नेपाल आएको समय राजधानी काठमाडौंमा मात्रै सीमित हुँदैनन् । देशका कुनाकाप्चामा छरिएर रहेका साहित्यकारहरुलाई भेट्न पुग्छन् ।
साहित्यिक भावना आदान प्रदान गर्छन् । केही महिनाअघि बर्माका ख्याति प्राप्त नेपाली भाषी साहित्यकार ठाकुरप्रसाद शर्मा आएका थिए । उनको विराटनगरमा सम्मान गरिएको थियो । त्यस्तै साहित्यिक भेटघाटका लागि नेपाल आएका बर्मेली साहित्यकार ज्ञानबहादुर थापा ‘बगाले’लाई बुधबार विराटनगरमा सम्मान गरियो । उनलाई वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदीले चेतना संरक्षण प्रतिष्ठानका तर्फबाट अविर, माला र नेपाली टोपी लगाएर सम्मान गरे ।
प्रतिष्ठानले बर्माका साहित्यकारको बगालेको सम्मानमा विराटनगरमा साहित्यिक भेटघाट र सिर्जना वाचन कार्यक्रम गरेर सम्मान गरेको हो । बर्मामा रहेर अढाई दशकभन्दा लामो समयदेखि नेपाली भाषा साहित्यको क्षेत्रमा कलम चलाउँदै आएका साहित्यकार ‘बगाले’को स्वागतमा प्रतिष्ठानले सिर्जना वाचन कार्यक्रम आयोजना गरेको हो । रित्तो आकाश, बगालेका कथाहरु, प्रथनमः दुर्जनमः बन्देलगायत आधा दर्जन बढी कृति प्रकाशित छन् ।
मकालु टेलिभिजनको सभाहलमा आयोजित कार्यक्रममा मधु पोखरेल, लावण्य सापकोटा, राजेन्द्र गुरागाईं, हरि कट्टेल, बाबुराम श्रेष्ठ वर्षा, दिङ्लाली कान्छो, मञ्जु श्रेष्ठ, रमाप्रसाद रिजाल, मञ्जुश्री गिरी, दीपक शम्चुले आ–आफ्ना सिर्जना वाचन गरे ।
त्यस्तै गायत्रीकुमार चापागाईं, राजेन्द्र गुरागाईं, सरिता तुलाधर, कृष्ण कोइराला ‘चारघरे’, सिर्जना प्रसाईं ढुंगाना, शिवनारायण पण्डित ‘सिंगल’, मेनुका चापागाईं, शुभलक्ष्मी लम्साल, धीरज राईलगायत दुई दर्जनभन्दा बढी साहित्यकारहरुले आ–आफ्ना सिर्जना वाचन गरेका थिए ।
सो अवसरमा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, विवश पोखरेल, खेम नेपाली, आयोजक संस्थाका सचिव उमेश दाहाल, सदस्य राधिका गुरागाईं, कवि एवं पत्रकार मीनकुमार नवोदितलगायतले भौगोलिक र राजनीतिक सीमाले विभाजित मान्छेका मनहरुलाई कला, साहित्य र संस्कृतिले जोड्ने बताए ।
उनीहरुले बर्मामा रहेका नेपाली भाषीहरुले नेपाल र बर्मालाई जोड्ने पुलका रुपमा काम गरिरहेको उल्लेख गरे । बर्मेली साहित्यकार थापाले बर्मामा नेपाली भाषा र साहित्यको अवस्थाका विषयमा चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर