RUMPUM
animated ellipse animated ellipse

फोनिजको अध्यक्षमा सुब्बा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ फाल्गुन २०७३, सोमबार १६:५४
3
Shares
विराटनगर, फागुन २ / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको अध्यक्षमा दिनेश सुब्बा चयन भएका छन् ।
मोरङको पथरी शनिश्चरेमा सम्पन्न भएको आदिवासी जनजाति पत्रकार महासंघ मोरङको चौथो जिल्ला अधिवेशनले सुब्बालाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा राम लावती, सचिब अनिल श्रेष्ठ, सह–सचिब मुना तामाङ र कोषाध्यक्षमा नारायण राई चयन भएका छन् ।
समितिको अन्य सदस्यहरुमा बावुराम मुडियारी, सिर्जना लिम्बु, सन्दिप राई, खनेन्द्र राई (अर्जुन), पर्वत राई (घनश्या), रेखा गुरुङ, बिजय खम्बु रहेका छन् ।
अधिवेशनले चार जनालाई केन्द्रीय प्रतिनिध र तीन जनालाई प्रदेश प्रतिनिधिमा चयन गरेको छ । यसरी केन्द्रीय प्रतिनिधहरुमा अर्जुन जम्नेली राई, भक्तशेर लिम्बु, शौखिन बान्तावा र फिपराज बेघा रहेका छन् भने एक नम्बर प्रदेश तर्फको प्रतिनिधहरुमा सन्तोष राई, प्रेम देवान र विजय धिमाल रहेका छन् ।
कार्यक्रम नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज) को केन्द्रीय सदस्य तथा पूर्वाञ्चल संयोजक साईमान राइले आदिवासी जनजातिको अधिकार स्थापित गर्न जनजाति पत्रकारहरु संगठिन हुनुपर्नेमा जोड दिए ।
नेपाल आदिवासी जनजाति महासंघ मोरङको अध्यक्ष मिलनकुमार राईले देशभरीका आदिवासी सामुदाय संगठित भए मात्र आफनो अधिकार स्थापित गर्न सक्ने बताए । अधिकार स्थापित गर्न आदिवासी सामुदाय संगठित हुन जरुरी रहेको उनको भनाई थियो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघको पूर्व अध्यक्ष अर्जुन जम्नेली राई, भक्तशेर लिम्बु, शौखिन वान्तवा, समाजसेवी लोक सागर साम्वाले अधिवेशन सफलताको शुभकामना दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर