RUMPUM
animated ellipse animated ellipse

फेरी श्रीकृष्णलाई सम्झिदै यसो भनिन् स्वेता खड्काले

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ माघ २०७४, सोमबार १९:५८
3
Shares
पोखरा, २९ माघ /। नायिका श्वेता खड्काको निर्माणमा बनेको चलचित्र ‘कान्छी’को प्रचार टोली आज पोखरा आइपुगेको छ।

पोखरामा पत्रकार सम्मेलन गरी निर्मात्री तथा नायिका श्वेता खड्का र कलाकार दयाहाङ राईले जनजीवनमा घटिरहेका समसामयिक विषयमा चलचित्र कान्छी तयार पारेको बताए। ‘मात्रै प्रस्तुति फरक छ, कान्छी भन्नेवित्तिकै जुन माया ममता जाग्छ, चलचित्रमा पनि त्यही छ’, खड्काले भनिन्।

फाल्गुन ४ गतेदेखि देश भर प्रदर्शनको तयारीमा रहेको चलचित्र निर्माण समूह प्रचार अभियानमा देशको विभिन्न सहरमा पुगेका छन्। आकाश अधिकारीले निर्देशन गरेको यस चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई र श्वेता खड्का छन्। कलाकार राईले सानो सपना र ठूलो दुःखको भोगाइ नै चलचित्र कान्छी भएको बताए। उनका अनुसार उक्त चलचित्रमा समकालीन साथीहरूको कथा समेटिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर