RUMPUM
animated ellipse animated ellipse

प्याब्सन प्रदेश नम्बर एकको अध्यक्षमा घिमिरे

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ माघ २०७३, आईतवार २०:५१
3
Shares
इटहरी, १६ माघ / निजी तथा आवसीय अर्गनाइजेशन नेपाल (प्याब्सन) को १ नम्बर प्रदेशको अध्यक्षमा झापा गौरदहमा रहेको माउण्ड एभरेष्ट स्कुलका नारयण घिमिरे सर्वसम्मत रुपमा चयन भएका छन् ।
सुनसरीको इटहरीमा आईतबार भएको प्रथम अधिवेशनले समितिको बरिष्ठ उपाध्यक्षमा तेह्रथुमको हेमराज अधिकारी, उपाध्यक्षमा सुनसरीको इटहरीका कबिन्द्र मण्डल, झापाको दमकका एलडि राई रहनुभएको छ । सचिबमा मोरङको विराटचोकमा रहेको ब्राइट फ्यूचर उच्च माविको प्रिन्पिल टिकाराम ढकाल, सह–सचिबमा विराटनगरमा रहेको मदरटेरेसा बोडिङ स्कुलका निर्देशक सञ्जय यादब, उदयपुरका इश्वर ताम्राकार र कोषाध्यक्षमा धनकुटाको नन्दराम न्यौपाने चयन भएका छन् ।
समितिको अन्य सदस्यहरुमा मोरङबाट रीता न्यौपाने, संखुवासभाबाट प्रमोद शाक्य, झापाबाट टंक अधिकारी, उदयपुरबाट मिना केशी, तेह्रथुमबाट भिम बहादुर अधिकारी, इलामबाट अनिल निरौला, सुनसरीबाट देव नारयण ढकाल, ताप्लेजङबाट दिनेश प्रसाई, भोजपुरबाट एङराज राई, ओखलढुङबाट खिलनाथ दाहाल रहेका छन् ।
समितिको सदस्यमा १४ जिल्लाको अध्यक्ष सो त सदस्य रहने व्यवस्थान ऐनमै रहेको हुनाले त्यही अनुरुप सदस्य रहने नवनिर्वाचित सचिब टिकाराम ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर