RUMPUM
animated ellipse animated ellipse

पोलस्टारमा निःशूल्क स्वास्थ्य शिविर

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ माघ २०७४, शुक्रबार १४:१०
3
Shares
विराटनगर, ५ माघ / विराटनगर – ३ मा रहेको पोल–स्टार बोर्डिङ स्कूलले आयोजना गरेको निःशुल्क स्वास्थ्य परीक्षणमा ६ सय जनाले स्वास्थ्य परीक्षण गरेका छन् ।

विराट मेडिकल कलेजको प्राविधिक सहयोगमा भएको स्वास्थ्य परीक्षणमा स्कूलमा अध्ययरत विद्यार्थी र उनीहरुको अभिभावकले स्वास्थ्य परीक्षण गरेका थिए ।

विराट मेडिकल कलेजका बालरोग विशेषयज्ञ डा. चन्द्रभूषण झा, दन्तरोग विशेषयज्ञ डा. स्वाधिन पोखरेल, आँखा रोग विशेषयज्ञ डा. प्रभात देवलगायले विरामीको स्वास्थ्य परीक्षण गरेका थिए । ‘जाडो मौसममा विभिन्न समस्या हुने भएको स्वास्थ्य शिविर आयोजना गरेका हौं,’ स्कूलका प्रिन्सिपल गोपाल प्रसाद रिजालले भने, ‘यस शिविरबाट विद्यार्थी र अभिभावले लाभ लिएका छन् ।’

विशेषयज्ञ चिकित्सवहरुलाई स्कूल परिसरमा ल्याएर कक्षा नर्सरीदेखि १० सम्म अध्ययरत विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिएको प्रिन्सिपल रिजालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर