RUMPUM
animated ellipse animated ellipse

पूर्वी क्षेत्रमा रहेका समस्याबारै सरकारलाई ध्यानाकर्षण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ बैशाख २०७५, मंगलवार १८:५४
3
Shares
विराटनगर / पूर्वी क्षेत्रमा रहेका नदी कटान समस्या, कोशी टप्पु आरक्षण र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएका अनियमता सम्वन्धमा प्रदेश नं १ सदस्यहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज बसेकोे वैठकमा प्रदेश सभा सदस्य पूर्णप्रसाद राजवंशीले झापा जिल्ला क्षेत्र नं ३ हल्दीवारीलगायतमा ल्याण्डलाइन टेलिफोन सुविधा उपलव्ध गराउनु पर्नेलगायत जन्मसिद्ध नागरिकका सन्तानलाई कानून वनाई नागरिकता वितरण गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै पूर्णप्रसाद राईले जोगवनी – किमाथाङका सडक निर्माणमा विष्फोटन पदार्थका प्रयोग गरी दु्रतगतिमा कार्य गर्नु पर्नेलगायत अरुण नदीमा आउँने तीर्थयात्रीलाई वसोवासको उचित व्यवस्थ गर्न ध्यानाकर्षण गराए ।

विमल कार्कीले कोशी टप्पु आरणमा चरणका लागि आउने वहिरी ५० हजार खुल्ला चौपाया नियन्त्रण गरी सो क्षेत्रमा जंगल सफारीको व्यवस्था गर्नु पर्नेमा जोड दिए । उपेन्द्रप्रसाद घिमिरेले मोरङमा नियमविपरती विपरीत सञ्चालित क्रसर उद्योगको अनुगमनका लागि प्रदेश सदस्यहरुको अनुगमन टोली वनाउनु पर्ने तथा १७ वटा खोलाको मुहानमा तटवन्ध निर्माण गर्न सरकारको अविलम्व कार्य गर्र्नु पर्ने मांग गरे । सर्वध्वज साँवाले विराटनगर– धरान ६ लने सडक निर्माृणमा एक रुपता हुनुपर्ने वताउँदै इटहरीमा आकाशे पुल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।

चन्द्रप्रसाद श्रेष्ठले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य उपकरण खरीदमा भएको रु ६ करोडका अनियमितताका सम्वन्धमा छानवीन गर्नुपर्ने र धरानमा खानेपानीको समुचित व्यवस्थ गर्नुपर्नेमा जोड दिए ।

ज्योति सुव्वाले यातायात कार्यालय इटहरीवाट सर्वसाधारणले सहजरुपमा सवारी चालक अनुमति पत्र पाउँनु पर्ने तथा अलैची विक्री वितरणका लागि थप वजार खोज्नु पर्नेमा जोड दिए । खिनुलाम्वा लिम्वुले पूर्वी पहाडी जिल्लामा पर्यटक वृद्धिका लागि पशुपतिनगरमा अध्यागमन कार्यालयको स्थापना गर्नु पर्ने तथा त्यस क्षेत्रमा प्लान्ट क्वारेण्टाइन , पशु चेकपोस्ट र छोटी भन्सारको क्षेत्राधिकार वृद्धि गर्नुपर्ने मांग गरेका छन् ।

उदिता विकले पूर्वी पहाडी जिल्लाका जनताको सुविधाका लागि धरानमा निर्माण गरिने विमानस्थलका लागि थप ९३ विघा जग्गा खोज्नु पर्नेमा जोड दिदै धरानमा रहेको खहरे खोलामा तटवन्ध निर्माण गरी मानव वस्ति जोगाउँनु सरकारसंग आग्रह गरीन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर