RUMPUM
animated ellipse animated ellipse

पूर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्स २०१८ हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ माघ २०७४, शुक्रबार १९:५९
3
Shares
विराटनगर १९ माघ /एड होम एडभरटाइजिङको आयोजनामा पूर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्स २०१८ को हुने भएको छ ।

आयोजना आज विराटनगरमा पत्रकार सम्मेलन गरि पूर्वाञ्चल कलेज प्रिन्सेसको चौथो र पूर्वाञ्चल कलेज प्रिन्सको दोस्रो संस्कणको विराटनगमा हुने जनाएको हो। आगामी फागुन ७ गते देखि पहिलो चरणको छनोट विराटनगरमा हुने पूर्वाञ्चल कलेज प्रिन्सेसका कोरीयोग्राफर साजिद आलमले जानकारी दिए ।

पहिलो चरणको छनोट इटहरी, धरान र दमकमा एकैसाथ छनौट गरिने आलमले बताए । विभिन्न स्थानमा अडिशन पछि प्रतियोगितामा २० जना यूवा र २० जना यूवती प्रतिस्पर्धाका लागि छनौट गरिने आयोजकले जनाएको छ । छनौट भएका प्रतियोगीलाई २२ दिन सम्म व्यक्तित्व विकास, सामाजिक सेवा, आउट डोर, ईन डोर फोटो सुट, क्याटवाक जस्ता रनवेयमा हिड्न सिकाईने छ ।

पूर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्सको पहिलो विजेताले ५ लाखको जीवन विमाकासाथै नगद २१ हजार प्राप्त गर्नेछन् । अघिल्ला वर्षमा नगद र गिप्ट ह्म्पर पुरस्कार प्राप्त गर्दै आएका थिए भने यसपटक देखि विजेताको पहिलो पटक जीवन विमा पनि गरिने भएको छ ।पूर्वाञ्चलका विभिन्न कलेजमा अध्ययनरत यूवा–यूवतीको सिर्जनात्मक क्षमताको प्रवर्द्धन तथा सीप विकास गरी समाजमा प्रतिष्ठित जीवन बाँच्न सक्षम बनाउने उद्देश्यले पूर्वाञ्चल कलेज प्रिन्स तथा पूर्वाञ्चल कलेज प्रिन्सेस प्रतियोगिता विगत ४ बर्ष देखि सञ्चालनमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर