RUMPUM
animated ellipse animated ellipse

पूर्वाञ्चल आईटियफ तेक्वान्डोमा चौधरी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ बैशाख २०७४, शनिबार १७:११
18
Shares
विराटनगर, २ वैशाख / पूर्वाञ्चल आईटियफ तेक्वान्डो एसोसियसनको अध्यक्षमा चर्तुरलाल चौधरी चयन भएका थिए ।
विराटनगरमा आज भएको एसोसियसनको छैठौं अधिवेशनले चौधरीको अध्यक्षमा ११ जनाको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो ।
समितिको उपाध्यक्षमा राजेन्द्र धिमाल, लिलाप्रसाद काफ्ले, सचिब सन्तोष श्रेष्ठ र कोषाध्यक्षमा ओमकुमार श्रेष्ठ रहेका छन् ।
समितिको अन्य सदस्यहरुमा दोमबहादुर मगर, किरण कार्की, वीरबहादुर तामाङ, नबिन तामाङ, युवराज गुरुङ र तिलक राई रहरेका छन् ।
कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै यूवा संघ नेपालको सचिब पशुराम बस्नेतले खेल क्षेत्रको विकास गर्न सबै क्षेत्रमा मानिस लाग्नु पर्ने बताए । उनले खेल क्षेत्रको विकासको लागि विश्व विद्यालय नभएसम्म यस क्षेत्रको विकास नहुने बताए । त्यसको लागि सरकारले खेल क्षेत्रको विकासको लागि विश्व विद्यालय गठन गर्नु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा नेपाल नेपाल तेक्वान्दो इन्टरनेसनल महासंघको उपाध्यक्ष प्रविनकुमार कार्कीले खेलाडीहरु राष्टको गहना भएकाले खेलकुद क्षेत्रको विकास लागि राज्यले विशेष योजना ल्याउनु पर्नेमा जोड दिए । युवा संघ नेपाल मोरङका अध्यक्ष मुकेश बुढाथोकी, पूर्वाञ्चल आईटियफ तेक्वान्डो एसोसियसनका अध्यक्ष चर्तुरलाल चौधरीलगयाले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर