RUMPUM
animated ellipse animated ellipse

न्यूरोमा जटिल सल्यक्रिया

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ असार २०७४, सोमबार १०:२०
3
Shares
विराटनगर, ५ असार/ न्यूरो अस्पताल विराटनगरमा दुई जनाको जटिल सल्यक्रिया गरेको छ । अस्पतालले पछिल्लो एक सातामा दुईवटा हाडजोर्नी सम्बन्धि जटिल सल्यक्रिया गरेको हो ।
अस्पतालले मोरङ उर्लाबारीका ४६ बर्षिय योगेन्द्रबहादुर थापाको खुट्टाको जोर्नी प्रत्यारोपण र झापा अर्जुनधारा २ की सितादेवी भण्डारीको घुडामुनीको भागको सफल सल्यक्रिया गरेको हो ।
अस्पतालका डा. नविनकुमार कर्णका अनुसार कम्पर र खुट्टाको जोर्नी फुस्किएका उर्लाबारीका थापाको जोर्नी प्रत्यारोपण गरिएको हो । रोजगारीकालागि दुवई गएका उनी त्यही दुर्घटनामा परेका थिए । दुर्घटनामा उनको जोर्नी फुस्किएको थियो । जोर्नी फस्किएपनि उपचार गर्दा ठिक नभएपछि स्वदेश फर्किएका उनको न्यूरो अस्पतालमा सल्यक्रिया गरिएको हो ।
त्यस्तै झापा अर्जुनधाराकी भण्डारीको घुडादेवि खुनीमो भागमा आएको ट्युमर फालेर सिमेन्ट भरिएको छ । घुडादेखि मुनिको भाग खिएर टयूमर पलाएपछि सल्यक्रिया मार्फत टयुमर फालेर सिमेन्ट भरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर