RUMPUM
animated ellipse animated ellipse

नवोदितलाई गर्गश्री सम्मान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ जेष्ठ २०७४, शनिबार २१:४०
3
Shares
धनकुटा, २७ जेठ । विश्वभाषा पुस्तकालय धनकुटाले विराटनगरका पत्रकार एवं साहित्कार मीनकुमार नवोदितलाई सम्मान गर्ने भएको छ । पत्रकारिता र साहित्य क्षेत्रमा सक्रिय रहेबापत पुस्तकालयद्वारा सञ्चालित गर्गश्री युवा सम्मानबाट नवोदितलाई विभूषित गर्ने निर्णय भएको पुस्तकालयले जनाएको छ ।
विश्वभाषा पुस्तकालय सञ्चालक समितिको बैठकले नवोदितलाई सम्मान गर्ने निर्णय गरेको हो । विराटनगरमा रहेर डेढ दशकभन्दा लामो समयदेखि पत्रकारिता र साहित्य सिर्जनामा सक्रिय नवोदितका चारवटा कृति प्रकाशित छन् । नवोदित कारोबार दैनिकको पूर्वाञ्चल संयोजक, मकालु टेलिभिजनको सहसम्पादक र न्यू सृष्टि दैनिकको सम्पादकका रुपमा कार्यरत छन् ।
पुस्तकालयले हरेक वर्ष पत्रकारिता, साहित्य, संस्कृति, संगीतलगायतका क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ । धनकुटा बजारमा स्थापित पुस्तकालयमा नेपाली, हिन्दी, उर्दु, मैथिलीसहित विभिन्न भाषाका पुस्तकहरू उपलब्ध छन् ।
त्यस्तै बैठकले इटहरीकी साहित्यकार टीका आत्रेय र उमानाथ घिमिरे ‘सागर’लाई पनि पुरस्कृत र सम्मानित गर्ने निर्णय गरेको पुस्तकालयका अध्यक्ष टीकाप्रसाद लामिछानेले जानकारी दिए । घोषित पुरस्कार र सम्मान आगामी असार अन्तिम साता धनकुटामा विशेष समारोहका बीच समर्पण गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर