RUMPUM
animated ellipse animated ellipse

दुई तिहाई बुहमतबाट संविधान संशोधन गर्ने गृहकार्य -अध्यक्ष जबरा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ कार्तिक २०७३, शनिबार १८:४३
3
Shares

विराटनगर,२७ कार्तिक/ राप्रपाका अध्यक्ष पशुपति शमशेर जबराले नेकपा एमालेबाहेक दुई तिहाई बुहमतबाट संविधान संशोधन गर्ने गृहकार्य भैरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष जबराले एमालेबाहेक अन्य दलहरु मिलेर संविधा संशोधनमा सरकार लागेको बताए ।

उनले संविधान संशोधन गर्दा सर्वोच्च पदहरु राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, सरुक्षा निकायको प्रमुख, प्रधानन्यायाधीश लगायतका पदबाहेक अन्य पदमा अंगीकृत नागरिकता लिएका व्यक्ति प्रमुख हुन पाउने गरी संशोधन गरिने पनि स्पष्ट पारेका छन् । उनले अहिले भएकै संरचनाका आधारमा स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष जबराले अहिले राज्य पुनर्संरचनामा भएको नगरपालिका, गाउँपालिकाको व्यवस्था त्यति व्यवहारिक नभएको उल्लेख गरे । यस्तै उनले मंसिरसम्ममा राप्रपा र राप्रपा नेपाल एकीकरण हुने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर