RUMPUM
animated ellipse animated ellipse

दार्जिलिङकी साहित्यकारलाई डम्बरकुमारी–गणेश आख्यान पुरस्कार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० जेष्ठ २०७४, मंगलवार ०९:३०
3
Shares
काठमाडौं, ३० जेठ । डम्बरकुमारी–गणेश साहित्य प्रतिष्ठान काठमाडौंले यो वर्षको ‘डम्बरकुमारी–गणेश आख्यान’ पुरस्कार दाजिर्लिङकी साहित्यकार आख्यानकार एवं समालोचक डा. वीणा हाङ्खिमलाई समर्पण गरेको छ ।

वरिष्ठ कथाकार माया ठकुरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा विशिष्ट अतिथि रहेका प्रा. डा . गोविन्दराज भट्टराईले पुरस्कृत व्यक्तिको बारेमा प्रकाश पारेका थिए । आख्यानका क्षेत्रमा विशिष्ट योगदान दिनुहुने साहित्य साधकलाई यो आख्यान पुरस्कार दिइने कुरा प्रतिष्ठानकी अध्यक्ष मन्दिरा मधुश्रीले बताइन् ।

१५ हजार १ सय रुपैयाँ राशिको उक्त पुरस्कार समावेशी तरिकाले एकपटक पुरुष आख्यानकार र अर्कोपटक महिला आख्यानकारलाई समर्पण गरिने अध्यक्ष मधुश्रीले जानकारी दिनुभयो । अघिल्लो वर्ष जेठ २७ गते साहित्यकारसमेत रहनुभएकी प्रतिष्ठानकी अध्यक्ष मधुश्रीका मातापिताको ६१ औ वैवाहिक वर्ष उत्सवको अवसर पारेर प्रतिष्ठानको स्थापना भएको थियो । सोही दिन डम्बरकुमारी–गणेश आख्यान पुरस्कारको पनि घोषणा भएको थियो । र, त्यही दिन नै पहिलोपटकको पुरस्कार वितरण पनि गरिएको थियो ।

पहिलो पटक ‘डम्बरकुमारी–गणेश आख्यान पुरस्कार’ आख्यानकार तथा समालोचक नेपाली साहित्यिका धरोहर प्रा. मोहनराज शर्मालाई प्रदान गरिएको थियो ।

कार्यक्रमको दोस्रो चरणमा प्रतिष्ठानकी अध्यक्ष तथा कथाकार मधुश्रीको कथासंग्रह बुधनको घोडीमाथि कवि तथा उपन्यासकार, पत्रकार रेशम बिरही पाठकीय टिप्पणी र समालोचक डा. रजनी ढकालले समालोचकीय टिप्पणी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर