RUMPUM
animated ellipse animated ellipse

यसवर्ष दशैंको टीकाको उत्तम साइत ११ बजेर ५५ मिनेटमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ आश्विन २०७४, शुक्रबार १९:४९
3
Shares
विराटनगर, १३ असोज, । यस पालीको बडादशैंको टीकाको साइत ११ बजेर ५५ मिनेटमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका जनाएको छ । बडादशैं भोलि (असोज १४ गते) हो ।

भोलि नेपाल साथै नेपाली बसोबास गर्ने विभिन्न देशमा विशेष हर्षोल्लासका साथ विजयादशमी मनाइँदैछ । आफ्ना अभिभावक तथा मान्यजनबाट टीका र जमरा लगाएर आशीर्वाद लिई दसैं मनाउने परम्परा छ ।

दशैंको टीकाको दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने शुभ साइत रहेको छ । देवी विसर्जन गरिसकेपछि बिहान ११ बजेर ५५ मिनेटको साइतमा टीका लगाउन उत्तम साइत भए पनि भोलि बिहानैबाट टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए । उत्तम साइत पर्खेर टीका लगाउनेका लागि ११ बजेर ५५  मिनेटको समय रहेको उनले जनाए ।

टीका र जमरालाई दूर्गादेवीको प्रसादको रुपमा लगाउने प्रचलन रहेको छ । कसै कसैले टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म र कसैले विजया दशमीको दिन एक दिनमात्र टीका लगाउने गर्दछन् ।

असोज १९ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दशैं औपचारिक रुपमा सम्पन्न हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर