RUMPUM
animated ellipse animated ellipse

तोकिएकै मितिमा निर्वाचन हुुन्छ– डा. कोइराला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ बैशाख २०७४, सोमबार २०:४२
3
Shares
फाइल तस्वीर
धरान, ४ बैशाख/  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले वैशाख–३१ गते निर्वाचन हुुनेमा सवैलाई ढुुक्क रहन आग्रह गरेका छन् ।
नेपाल तरुणदल क्षेत्र नम्वर –१ सुुनसरीको   आयोजनामा आज  धरानमा भएको कार्यक्रममा वोल्दै नेता कोइरालाले तोकिएकै मितिमा निर्वाचन हुुने भएकाले यसमा शंखा नर्गन सवैलाई आग्रह गरे  ।
 नेता कोइरालले मधेशवादी दलको अतिवाद र एमालेको उग्रराष्ट्रवादका कारण मुुलुुकले निकास पाउन नसकेको उल्लेख गरे ।  नेपाली कांग्रेस मधेशी मोर्चालाई पनि मिलाएर निर्वाचन गर्ने पंक्षमा रहेको उल्लेख गर्दै मोर्चालाई लचिलो हुुन आग्रह समेत गरे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुुरु घिमिरेले  निर्वाचनका लागि नेपाली कांग्रेसले नेतृत्वदायी भुुमिका निर्वाह  गर्नुु पर्नेमा जोड दिए । यस्तै केन्द्रीय सदस्य मिनबहादुर विश्वकर्माले तोकिएकै समयमा निर्वाचन हुने भएकाले नेपाली कांग्रसलाई जिताउन आग्रह गरे ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ६ सय भन्दा बढी नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर