RUMPUM
animated ellipse animated ellipse

तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ माघ २०७४, मंगलवार १९:२५
3
Shares
धरान, ९ माघ /कृषि तथा पशुपालन क्षेत्रलाई लक्षित गरेर सुनसरीको धरानमा तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७४ हुने भएको छ ।

आयोजकले आज पत्रकार सम्मेलन गरि राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आगामी फागुने १० गतेदेखि १३ गतेसम्म धरानमा आयोजना हुने जनाएको छ । कृषि विभागअन्तर्गतको कृषि इञ्जिनियरिङ निर्देशनालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेशिनरी व्यवसायी संघले संयुक्तरुपमा कार्यक्रमको आयोजना गर्न लागेको नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष स्वयम्भूकृष्ण श्रेष्ठले बताए ।

कृषि तथा पशुपालन क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउनका लागि कार्यक्रमको आयोजना गर्न लागिएको हो । प्रदर्शनीमा आधुनिक कृषियन्त्र, आधुनिक सिँचाइ प्रविधि, गुणस्तरीय बीउबिजन, कुखुरापालन, डेरी, माछापालनलगायतका सामग्री रहने उनले बताए । अध्यक्ष श्रेष्ठले भने, “ यसबाट कृषि क्षेत्रको समग्र विकास र कृषि उत्पादन वृद्धि हुने हामीले आशा गरेका छौँ ।” प्रदर्शनीमा १० करोडको कारोबार हुने आयोजकको दाबी रहेको छ । २० देशका झण्डै २ सय वटाभन्दा बढी कम्पनीले प्रदर्शनीमा भाग लिने अध्यक्ष श्रेष्ठ जानकारी दिए ।

पचास हजारले अवलोकन गर्न आउने लक्ष्य रहेको छ । एकसय ५० वटा कम्पनीले छुट्टाछुट्टै स्टल राख्ने छन् । यस अघि पहिलो प्रदर्शनी चितवनमा र दोस्रो काठमाडौँमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर