RUMPUM
animated ellipse animated ellipse

तराई–मधेस क्षेत्रमा आज होली मनाइँदै, जनकपुरमा भोली

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ फाल्गुन २०७४, शुक्रबार ११:०४
3
Shares
विराटनगर,१८ फागुन / तराई मधेशमा आज फागुपर्व मनाइँदै छ । बिहिवार पहाडी क्षेत्रमा मनाइएको फागुपर्व शुुक्रवार तराई क्षेत्रमा मनाइदैछ ।

जनकपुर क्षेत्रमा १५ दिन चल्ने मध्यमिथिला परिक्रमा सकिएको भोलिपल्टमात्र जनकपुरमा होली मनाउने परम्परा छ । त्यही परम्पराअनुसार एक दिन ढिलो गरी जनकपुरमा होली मनाउन लागिएको हो । मध्यमिथिला परिक्रमाको अन्तिम दिन जनकपुर परिक्रमा गरेपछि होली सुुरु हुने परम्परा छ । बिहीबार मध्यरातबाट मिथिला परिक्रमा सुरु भई शुक्रबार समाप्त हुन्छ । त्यसैले परिक्रमा सकिएको भोलिपल्ट अर्थात् शनिबार मात्र होली मनाइने भएको हो ।

फागु पूर्णिमाका दिन राती होलिका दहन सकेको भोलिपल्ट रङ्ग अबिर खेल्दै मिष्ठान्न भोजन गरेपछि समापन गरिने होली पर्व तराई–मधेस क्षेत्रको आपसी प्रेम दर्शाउने मुख्य पर्वका रूपमा होलीको महत्व छ ।

होलीपर्वको सन्दर्भ सत्ययुगमा दैत्यराज हिरण्यकशिपुले विष्णुभक्त आफ्ना छोरा प्रह्लादलाई मार्न आगोमा पोलिएर नमर्ने अभय वरदान पाएकी बहिनी होलिकाको काखमा राखेर प्रह्लादलाई अग्निकुण्डमा राख्दा होलिका भष्म भएकी तर प्रह्लाद भने बाँच्न सफल भएको पुराणमा उल्लेख छ । मिथिलावासीले भने मिथिलापुत्री जानकीको सन्दर्भ जोडेर यो पर्वको ओज बढेको हो । मिथिलामा यो पर्वप्रति अपनत्त्व बढाउन आफ्नै चेली सीताको सन्दर्भ पर्व विशेषका लागि जोडिएको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर