RUMPUM
animated ellipse animated ellipse

जेसीज ट्यालेन्ट हन्टको तयारी पुरा, फानलमा १६ जनाले प्रतिस्पर्धा गर्दै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ श्रावण २०७४, शनिबार १४:५४
3
Shares
विराटनगर, २१ साउन / विराटनगरको वीरेन्द्र सभा गृह हलमा आइतबार साँझमा हुने जेसीज ट्यालेन्ट हन्टको फाइनलमा १६ जना प्रतियोगिले प्रतिस्पर्धा गर्दैछन् ।
आयोजक संस्था विराटनगर जेसीजले आज विराटनगरमा पत्रकार सम्मेलन गरि फाइनल प्रतियागिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।
विराटनगरको स्कूल र कलेजमा अध्ययरत किशोर÷ किशोरीहरुको बहुप्रतिभा खोजी गर्ने उद्देश्यले जेसीजले आयोजना गरेको प्रतियोगिताको फाइनलमा गायन, नृत्य, अभियनलगायतको विदामा फाइनलमा १६ प्रतियोगि पुगेका अध्यक्ष मिलन पौडेलले जानकारी दिए । १ सय ८० जना भन्दा बढी सहभागिबाट फाइनलमा उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने प्रतियोगिलाई फाइनलमा उतारेको अध्यक्ष पौडेलेको भनाई छ ।
प्रतियोगिताको बिजेताले नगद २५ हजारसहित विराटनगरमा रहेको शिक्षादीप कलेजमा पूर्ण रुपमा छात्रवृत्ती पाउनेछन् ।
प्रतियोगिताको फाइनलमा निर्मल खड्की, सविता भण्डारी, कमला राई, मोनलिसा राई, मनसुरा कार्की, सन्देशा कटुवाल, इशिका नेपाल, निरुता राजवंशी, प्रगती ढुङ्गगना, निहाला लिम्बु, शृष्टी भट्टराई, अनमोल अधिकारी, नेन्सी खतिवडा, अंकीता उदाश, शुशान्त रेग्मी र प्रसान्ती घिसिङ्ग फाइनलमा प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिताको निर्णायकहरुमा नेपाली चलचित्रको महानायक राजेश हमालको साथै विभिन्न विद्याको विज्ञ निर्णयकहरु रहनेछन् । प्रमुख निर्णायकको रुपमा महानायक हमाल रहनेभएपछि शनिबारनै हमाल विराटनगर आएका छन् । फाइनलमा पुगेका प्रतियोगिहरुलाई दुई महिना प्रशिक्षण दिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर