RUMPUM
animated ellipse animated ellipse

‘जेष्ठ नागरिक महोत्सव’ २३ बुदे घोषणा पत्र जारी गर्दै समापन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ कार्तिक २०७३, आईतवार १८:५१
3
Shares
फाइल तस्वीर

खबर पूर्वाञ्चल सम्वाददाता
विराटनगर / विराटनगरमा आयोजित ‘जेष्ठ नागरिक महोत्सव’ २३ बुदे घोषणा पत्र जारी गर्दै समापन भएको छ ।

मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा शनिवार र आइतवार भएको प्रदेश नं १ स्थरिय महोत्सवले २३ बुदे घोषण पत्र जारी गर्दै समापन भएको हो ।

मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा शनिवार र आइतवार भएको प्रदेश नं १ स्तरिय महोत्सवले २३ बुदे घोषण पत्र जारी गर्दै आफनो अंशको चल अचल सम्पती जेष्ठ नागरिकले आफुखुसी प्रयोग गर्न पाउने कानुनी व्यावस्थालाई प्रभावकारी कार्यन्यन गर्न माग गरेको हो ।

घोषणा पत्रमा सार्वजनिक सवारी साधनमा प्रतिशतका आधारमा जेष्ठ नागरिक सिट र भाडामा ५० प्रतिशत छुटको व्यावस्था गर्न माग गरेको छ । त्यस्तै स्वास्थ्य सेवा प्रदान गर्ने सस्थाले जेष्ठ नागरिकलाई प्राथमिकता दिई स्वास्थ्य सेवा प्रदान गर्न माग गरिएको छ ।

जेष्ठ नागरिकको उपचारमा लाग्ने शुल्कको ५० प्रतिशत छुट दिने व्यावस्था लागु गर्न माग गरेको हो । त्यस्तै जेष्ठ नागरिक मैत्री समाज निर्माण गर्न आधारभूत तहदेखि माध्यमिक तह सम्म सामाजिक शिक्षा विषयमा जेष्ठ नागरिक सम्बन्धी पाठ्यसामाग्री अनिवार्य गर्ने र उच्च शिक्षामा जेष्ठ नागरिक विज्ञान र जेष्ठ नागरिक स्वास्थ्य विज्ञानको अध्ययन अध्यापनको सुरुवात गर्न माग गरिएको छ ।

महोत्सवले जेष्ठ नागरिक हेरविचारबार छोटो र लामो अवधीका तालिम सञ्चालन गर्नु पर्ने र सम्पती केही नभएका तथा आफन्त नभएका जेष्ठ नागरिककालागि सरकारले प्रत्येक प्रदेशमा जेष्ठ नागरिक ग्राम स्थापना गर्न भनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर