RUMPUM
animated ellipse animated ellipse

जीवन विकासको पानीमा लेदो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ मंसिर २०७४, सोमबार १७:०८
3
Shares
विराटनगर, ११ मंसिर /विराटनगर–२ स्थित जीवन विकास कम्पनीले उत्पादन गरेको जीवन विकास जलभित्र लेदो भेटिएको छ ।

विराटनगर–७ मिलन चौकका कल्याण तिम्सिनाले खरिद गरेको जारमा लेदो भेटिएको हो । तिम्सिनाले भने,‘पानीको सिल खोलेर फिल्टरमा खन्याउने बेलामा हेर्दा भातको माड जस्तो लेदो देख्दा छक्क पर्यौ । यस्तो सिलप्याक पानीमा पनि कसरी फोहोर पस्यो तिम्सिनाले  भने ।’

तिम्सिनाले खदिर गरेको जारमध्ये दुईवटामा लेदो भेटिएको हो । उनले लेदो भएको सिलप्याक जारलाई सुरक्षित राखेका छन् । विगत एक वर्षदेखि नै टोलबासीले जीवन विकासको जारको पानी पिउने गरेकोमा अशुद्ध पानी बिक्री गरेको पाइएकोले क्षतिपूर्तिसहित गुणस्तर तथा नापतौल कार्यालय र जिल्ला प्रशासनमा मुद्दा हाल्ने तयारी गरिएको उनले बताए । पानी सिलमा २०७४ कात्तिक २३ गते प्याक भएको मिति उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर