RUMPUM
animated ellipse animated ellipse

जनसेवा मञ्चको साधारणसभा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ कार्तिक २०७३, बुधबार १९:३७
9
Shares

खबर पूर्वाञ्चल सम्वाददाता
कार्तिक २४,सिजुवा/“प्रहरी र समुदायबीचको चाहना,अपराध रहित समाजको श्रृजना” भन्ने उद्धेश्यका साथ अपराधरहितको समाज परिकल्पनामा क्रियाशील सिजुवा सामुदायिक जनसेवा मञ्च सिजुवाले वुधवार छैठौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

विश्वनाथ धाम सिजुवाको सभाहलमा सम्पन्न साधारणसभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि रहेका इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक हेमकुमार खड्काले जनसेवा मञ्चले जनताको मन जित्न सफल रहेको बताए । सुन्य अपराधको समाज कल्पना गर्न नसकिएपनि सन् १८२९ मा अमेरिकामा विकास भएको जनता र प्रहरी साथीसाथीको अवधारण बमोजिम स्थापना भएको मञ्चले प्रहरीलाई समाजमा न्याय सम्पादनमा महत्वपूर्ण सहयोग गरेको बताए ।

सोझै प्रहरीमा आउन नसकेका मुद्धाहरु मञ्च मार्फत आँउदा समाजका प्रतिनिधिको रोहवरमा मुद्धामा मेलमिलाप र छलफल हुने भएका कारणले मञ्चले प्रहरी र समाज सबैको मन जित्न सफल भएको दाबी खड्काले गरे ।

२०६७ असार २१ गते दर्ता भएर अपराधरहित समाजको परिकल्पनामा क्रियाशील मञ्चले प्रहरी र जनतालाई सँगसँगै डो¥याउँने काम गरेको कारण मञ्चप्रति सबैको आकर्षण दिनप्रतिदिन बढेको कार्यक्रमका सभापति एवम् जनसेवा मञ्चका अध्यक्ष एकनारायण चौलागाईले बताए ।

साधारणसभामा बोल्दै अध्यक्ष चौलागाईले विशुद्ध न्याय सम्पादन गर्दै आएको जनसेवा मञ्चले फोरम आन्दोलनका बेला झुर्किया आमवारीमा सामाजिक सद्भाव विथोल्ने गरी दिएको सार्वजनिक अभिब्यक्ति विरुद्ध सञ्चालक समितिका तल्कालीन उपाध्यक्ष हरी शाहलाई समितिको संयुक्त बैठकले पदमुक्त गरेपछि जनसेवा मञ्च विशुद्ध न्याय सम्पादनका लागि स्थापना भएको दाबी गरे । स्थानीय तहमा हुने झैझगडा र अपराधका ६८ वटा मुद्धा पीडक र पीडित दुबैलाई सँगै राखेर जनसेवा मञ्चले छिनोफानो गरेको कारणले पनि प्रहरी र जनताका बीच जनसेवा मञ्चले सेतुको काम गरेको दाबी अध्यक्षले गरे ।

कार्यक्रममा जनसेवा मञ्चका संस्थापक अध्यक्ष तथा सल्लाहकार संयोजक पदमलाल प्रसाई,विश्वनाथ साकोस सिजुवा अध्यक्ष वंशीलाल ताजपुरीया,स्वास्थ्य चौकी सिजुवा प्रमुख दीलिपकुमार शाह,बह्माकुमारी राजयोग गीता पाठशाला उपसेवा केन्द्र सिजुवा सञ्चालिका ब्रहम्कुमारी सुशीला लगायतका ब्यक्तित्वहरु अतिथिको रुपमा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर