RUMPUM
animated ellipse animated ellipse

जनताको मन छुने बजेट ल्याउन सरकारलाई सुझाब

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ फाल्गुन २०७४, सोमबार ११:०१
3
Shares
विराटनगर, २८ फागुन/ सरकाराले आगामि आर्थिक वर्षमा ल्याउने बजेटले निमुखा जनतालाई प्रत्यक्ष राहतको अनुमति हुने खालको बजेट बिनियोजन गनुपर्ने सरोकारवालाहरुले सुझाब दिएका छन् ।

विराटनगरमा नेपाल राष्ट्रबैंक अनुसन्धान विभागले आयोजना गरेको आर्थिक वर्ष २०७५÷०७६ को पूर्वबजेट सम्बन्धि छलफलमा सरोकारवाले यस्तो सुझाब दिएका हुन् ।

कार्यक्रममा प्रा.डा. प्रमोदकुमार झाले निमुखा जनतालाई प्रत्यक्ष राहतको अनुमति हुने खालको बजेट ल्याउनुपर्ने बताए । ‘तीन तहको सरकारका बनेर अहिले संघीयता कार्यान्वयनको चरणमा छ,’ उनले भने, ‘आगामी आर्थिक वर्षमा आउने बजेट जनताको मन छुने खालको बजेट ल्याउनुपर्दछ ।’

प्रदेश नम्बर १ समृद्धिले भरिपूर्ण भएको प्रदेश भएको बताउँदै अर्थशास्त्रका विज्ञ डा. झाले कृषि र पर्यटनको क्षेत्रमा क्षेत्रमा सरकारले प्रर्याप्त मात्रमा बजेट बिनायोजन गर्नु पर्ने सुझाब दिए । जसले गर्दा विकासको क्षेत्रमा चाँडै फड्को मार्ने उनको भनाइ थियो । ‘विकासको प्रस्थान विन्दु भनेकै कृषि हो,’ उनले भने, ‘सरकारले पहिलो प्राथमिकता कृषिमा दिनु पर्दछ ।’

मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले राज्यले उद्योग, व्यवसायीहरुको लागि लगानीमैत्री नीति ल्याउन नसक्दा सुनसरी, मोरङ करिडोरका उद्योगहरु पलायन हुने अवस्था सृजना भएको बताए । सरकार राजश्वमुखी मात्र भएको भन्दै उनले आगामी बजेटले कृषि, उद्योग र विकासलाई प्राथामिकता दिनु पर्ने सुझाब दिए । ‘राज्यले उद्योग स्थापनाको लागि व्यवसायीहरुलाई लगानीमैत्री वातवरणको सिर्जना गर्नुप¥यो,’ सारडाले भने, ‘उद्योग सञ्चालनको लागि सुलभ ब्याजदरमा ऋण दिने व्यवस्था गर्नुप¥यो ।’

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेलले करको दायरालाई फराकिलो पार्दै पूर्वाधार विकास गर्ने योजनामा बजेट ल्याउनु पर्ने बताए । विराटनगरदेखि किमाथांका जोड्ने सडक निमार्णमा राज्यले विशेष प्राथामिकता दिएर बजेट बिनायोजन गर्नुपर्ने उनको भनाइ थियो ।

नेरुडे लघुवित्त विराटनगरका भागनारयण साहले हुलाकी राजमार्ग, कृषि सडकदेखि सिचाईंमा बजेट बिनायोजन गर्नुपर्ने बताए । कृषकले लगाएको बालीको बिमा गर्न नसक्दा कृषि पेशा संटकमा परेको भन्दै उनले राज्यले कृषकको लागि बजेटमा लागनी बढाउनुपर्ने बताए ।

नेपाल राष्ट्रबैंक अनुसन्धान विभागका निर्देशक डा.कुमार श्रेष्ठले कार्यक्रममा सहभागी भएकाहरुले दिएको राय र सुझाबलाई आगामी बजेटमा समेट्न पहल गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर