RUMPUM
animated ellipse animated ellipse

चन्द्रकलाको फेरी अर्को कीर्तिमान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० पुष २०७३, आईतवार २१:०२
3
Shares
१० पुस, सुनसरी /सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत एथलेटिक्सको दोश्रो दिन आज भएको महिला ज्याभ्लिन थ्रोमा नेपाल प्रहरी क्लबकी चन्द्रकला लाम्गादेले अर्कौ कीर्तिमान बनाएकी छिन् ।
सुनसरीको इटहरी रंगशालामा चन्द्रकलाले ४३.९४ मिटर दूरी थ्रो गर्दै आफ्नै नाममा रहेको ४३.९० मिटरको कीर्तिमानमा सुधार गरेकी हुन् । चन्द्रकलाले गत वर्ष १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि भएको छनोटमा उक्त कीर्तिमान बनाएकी थिइन् । चालू प्रतियोगितामा चन्द्रकलाको यो दोश्रो कीर्तिमान हो ।
चन्द्रकलाले हिजो सम्पन्न ११.५६ मिटर फाल्दै सुटपुटमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेकी थिइन् । नेपाल आर्मी क्लबकी लक्ष्मी थाक (३९.९९ मिटर) दोश्रो तथा सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी सीमाकुमार थारु (३९.२७ मिटर) तेश्रो भइन ।
पुरुष ज्याभ्लिनमा आर्मीका रामबहादुर कुमालले स्वर्ण जितेका छन् । उनले ५६.८८ मिटर टाढा फाले । प्रहरीका नरेन्द्रजंग शाही (५३.४० मिटर) दोश्रो र एपीएफका प्रेमप्रकाश खड्का (५१.६७ मिटर) तेश्रो भए ।

पुरुष लङजम्मा आर्मीका डिल्ली खत्रीले स्वर्ण जिते । उनले ६.९१ मिटर हाम्फाले । प्रहरीकाद्वय गोपाल चौधरीले रजत र चन्द्रदेव जोशीले कांस्य हात पारे । गोपालले ६.५९ मिटर र चन्द्रले ६.३८ मिटर हाम्फाले । सोही स्पर्धाको महिलामा ५.०५ मिटरसाथ प्रहरीकी केशरी चौधरीले शीर्ष स्थान कब्जा गरिन् । आर्मीकी कृष्णा चौधरी (४.९४ मिटर) दोश्रो तथा एपीएफकी शिला चौधरी (४.८४ मिटर) तेश्रो भए ।

पुरुष हर्डल्स (बाधा दौड) ११० मिटरमा आर्मीका विशेष महतो पहिलो भए । उनले निर्धारित दूरी तय गर्न १५.८५ सेकेन्ड समय खर्चे । १६.५४ सेकेन्डसाथ रामप्रसाद थारु दोश्रो तथा १७.४३ सेकेन्डसाथ प्रहरीका चन्द्रदेव जोशी तेश्रो बने । महिला १ सय मिटर बाधा दौडमा एपीएफकी सविता चौधरी पहिलो भइन् । सविताले १६.९५ सेकेन्ड समय लगाइन् । मध्यमाञ्चलकी प्रमिला थारु (१७ सेकेन्ड) दोश्रो र प्रहरीकी केशरी चौधरी (१७.१० सेकेन्ड) तेश्रो भए ।

पुरुषको ५ हजार मिटर दौडमा एपीएफका गोपीचन्द्र पार्की पहिलो बने । उनले निर्धारित दूरी १५ मिनेट २६.१० सेकेन्डमा पूरा गरे । १२ औं सागका कांस्यधारी एवं ओलम्पियन हरिकुमार रिमालले दोश्रो स्थानमा चित्त बुझाए । आर्मीका उनले १५ मिनेट २६.६० सकेन्डमा दूरी तय गरे । सातौं राष्ट्रिय खेलकुदको म्याराथनका स्वर्ण विजेता प्रहरीका भूमिराज राई १५ मिनेट ३०.४ सेकेन्डसहित तेश्रो भए । उक्त स्पर्धाको महिलामा एपीएफकी कान्छीमाया कोजु पहिलो भइन् । कान्छीमायाले १८ मिनेट १३.४ सेकेन्ड समय लगाइन् । आर्मीकी सानुमाया कार्की (१८ मिनेट ३३.३९ सेकेन्ड) दोश्रो तथा आर्मीकै विश्वरुपा बुढा (१८ मिनेट ३७.०४ सेकेन्ड) तेश्रो बने ।
महिलाको ४ गुणा ४ सय मिटर रिलेमा आर्मी पहिलो, एपीएफ दोश्रो र मध्यपश्चिमाञ्चल तेश्रो भए । त्यसै स्पर्धाको पुरुषमा आर्मी, एपीएफ र मध्यमाञ्चल क्रमशः शीर्ष तीन स्थानमा रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर