RUMPUM
animated ellipse animated ellipse

गुणस्तर सुधार गर्न राज्यमन्त्री विकको निर्देशन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ पुष २०७३, आईतवार २१:०६
3
Shares
३ पुस विराटनगर/ शिक्षा राज्यमन्त्री धनमाया विकले राजनीतिक आस्थालाई त्यागेर शैक्षिक गुणस्तरमा ध्यान दिन निर्देशन दिइनन् ।
जिल्ला शिक्षा कार्यालय मोरङले आज आयोजना गरेको कार्यक्रममा सामुदायिक विद्यालयका शिक्षक तथा जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरुलाई उनले यस्तो निर्देशन दिएकी हुने ।
कार्यक्रममा बोल्दै उनले शिक्षक तथा जिल्ला शिक्षा अधिकारीले आफू जुनसुकै राजनीतिक दलप्रति आस्था राख्ने भए पनि समग्र जिल्ला तथा आफ्नो विद्यालयको शैक्षिक गतिविधिमा राजनीतिक आस्थाका आधारमा काम नगर्न आग्रह गरीन् ।
उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई उकास्न अभिभावकका साथसाथै विद्यालयका शिक्षकहरु बढी नै जिम्मेवार भएकाले राजनीतिक गतिविधिमा भन्दा विद्यालयको शैक्षिक गतिविधिमा बढी ध्यान दिन आग्रह गरीन् । जिल्ला शिक्षा कार्यालय मोरङले हराभरा विद्यालय, झिलिमिलि कक्षाकोठा, सृजनशील सिकाइ भन्ने नाराका साथ आजदेखि जिल्लामा शिक्षकले चाहेमा गर्न सक्छन् अभियान सुरु गरेको छ ।
सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार गर्ने उद्देश्यले अभियान सुरु गरेको जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालले बताइनन् । जिल्लामा २ हजारको हाराहारीमा शैक्षिक संस्था रहेका छन् भने सामुदायिक विद्यालयहरुमा मात्रै चार हजारको संख्यामा शिक्षकहरु कार्यरत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर