RUMPUM
animated ellipse animated ellipse

गायक केबल श्रेष्ठ (केशब) यसपाली नि घर आउँदिन कुर अर्काे बर्ष भन्दै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ भाद्र २०७४, सोमबार १५:०५
9
Shares
विराटनगर, २६ भदौ नेपाली लोकदोहोरी क्षेत्रमा चाडपर्वलाई लक्षित गरि गायक गायिकाद्धारा आप्mना कोशेली बजारमा आउने क्रम जारी रहेको छ । पछिल्लो नव गायक केबल श्रेष्ठ केशबले दशै गित ‘अब त घर फर्क’ लिएर आम दर्शक तथा श्रोता माझँमा आएका छन ।

केवलको सुमधुर लय तथा स्वर रहेको यस गितले छोटो समयमा सबैको मन जित्न सफल भएको निमार्ण पक्षले दावि गरेको छ ।

हिन्दु नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावलीलाई समेटेर परदेशमा रहेका नेपाली दाजुभाईहरुको बेदना समिटिएको उक्त दशै गित ‘अब त घर फर्क’मा गायिका प्रिया सेन्चुरीले उनको सुमधुर आवाजमा साथ दिएकी छिन । भिम खड्का र अस्मिता श्रेष्ठको प्रस्तुतीमा बजारमा आएको हो । बुद्धबिर थापा र मालती घलेको जिवन्त अभिनय रहेको छ । बिक्रम चौहानको निर्देशन, नबराज उप्रेतीको छायाङकन र मिलन बि.कको सम्पादन रहेको गितलाई आशिष म्यूजिक प्राली काठमान्डौले बजार ब्यबस्थापन गरेको छ ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर