RUMPUM
animated ellipse animated ellipse

खुकुरी प्रहार गरी आक्रमण गर्नेलाई कारबाहीको माग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ फाल्गुन २०७४, मंगलवार १५:४७
3
Shares
विराटनगर, २२ फागुन / मोरङ जहदा गाउँपालिका – ४ का भटु भन्ने राजनन्दन यादवले सोही ठाउँका चार जनाको परिवारलाई कुटपिट गरी गम्भिर घाइते बनाएको भन्दै पीडित परिवारले कारबाहीको माग गरेका छन् ।

परिवारको सदस्यमाथि नै सांघातिक आक्रमण गरेर घाइते बनाएको भन्दै जहदा गापा – ४ का रामेश्वर महतोले विराटनगरमा आज पत्रकार सम्मेलन गरी कारबाही गर्न माग गरेका हुन् ।

यादवले फागुन १८ गते शुक्रबार होलीका दिन मदिरा सेवन गरी महतका २० वर्षिय छोरा सञ्जय, श्रीमती र छोरीमाथि खुकुरी प्रहार गरी आक्रमण गरेर परीवारको सदस्य घाइते भएको आरोप लगाएका छन् । आक्रमण गर्ने यादवलाई प्रहरीले एक दिन हिरासतमा राखेर भोली पल्ट कुनै कारबाही नै नगरी छोडेको भन्दै पीडित परिवारले कारबाही गर्न माग राख्दै पत्रकार सम्मेलन गर्नु परेको उनीहरुको भनाई छ ।

‘यादवले खुकुरी प्रहार गरी छोराको टाउँको, हातमा गम्भीर चोट लागेको छ,’ रामेश्वरले पत्रकार सम्मेलन भने, ‘मोरङ प्रहरीमा जाहेरी दिइ पनि आक्रमण गर्नेमाथि कुनै कारबाही भएको छैन् । अहिले गाउँमा साह खुल्ले हाम हिड्ने गर्दछ ।’ परीवारको सदस्यलाई कोशी अञ्चल अस्पतालमा उपचार गरेपछि अहिले अलिक ठीक भएको रामेश्वरको भनाई छ ।

यता जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले यसबारे पीडितको मोरङ प्रहरीमा कुनै जाहेरी नआएको बताए । ‘प्रहरी यूनिटमा घटनाको विषयमा बुझनेछु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर