RUMPUM
animated ellipse animated ellipse

कोशी अञ्चल अस्पताललाई कसले दियो मेडिकल कलेज सञ्चालनको अनुमति ?

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ मंसिर २०७४, शनिबार १२:४३
9
Shares
तस्बिर - सचिवस्तरीय निर्णय भन्दै शेखर कोइराला समर्थकले गरेको प्रचार ।
विराटनगर, ९ मंसिर/ राजनीतिक रोटी सेक्नकै लागि स्वास्थ्य मन्त्रालयले हचुवाका भरमा कोशी अंचल अस्पताललाई मेडिकल कलेजसरह सेवा सञ्चालन गर्न अनुमति दिएको पाइएको छ । निर्वाचनको मुखमा मन्त्रालयले नियोजित रुपमा नियम विपरित कोशी अंचल अस्पताललाई एमबिबीएस कक्षा संचालन गर्न सहमति दिएको हो ।

कोशी अंचल अस्पताल आफैंले उक्त कक्षा सञ्चालन गर्नका लागि भने पहल गरिरहेको थियो । तर आवश्यक मापदण्ड पुरा गर्न नसकेको कारण एमबिबीएस कक्षा सञ्चालन गर्ने कुरा चर्चामै सिमीत हु“दै आएको थियो । कोशी अंचल अस्पतालले मेडिकल कलेजका रुपमा सेवा सञ्चालन गर्नका लागि नेपाल मेडिकल काउन्सिलले तोकेको मापदण्ड पुरा गर्नुपर्ने हुन्छ । एउटा एक्सरे मेसिन समेत समयमा मर्मत गरेर सञ्चालन गर्न नसक्ने, हरेक महिना इसिजी सेवा अवरुद्ध हुने कोशी अंचल अस्पतालमा कसरी डाक्टर पढाउने खालको भौतिक पूर्वाधार तयार हुन्छ भन्ने कुरामा प्रश्न उठेको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार हालै सार्वजनिक भएको उक्त पत्र नियोजित रुपमा तयार पारी मापदण्ड नै पु¥याउन नसक्ने कोशी अंचल अस्पतालमा तत्कालका लागि भन्दै मेडिकल कलेज सरह सेवा दिन अनुमति दिइएको हो । स्वास्थ्य मन्त्रालयमा कांग्रेस निटक रहेका सहसचिव भोलाराम श्रेष्ठले स्वास्थ्य सचिव डा.किरण रेग्मीलाई प्रभावमा पारी यस्तो निर्णय गर्न उक्साएका हुन् । श्रेष्ठकै योजनामा स्वास्थ्य मन्त्रालयमा अनेकौं गैरकानुनी काम हुने गरेको स्रोतको दाबी छ ।

स्वास्थ्य सचिव रेग्मी छा“याका रुपमा मात्रै काम गर्ने गरेको पनि मन्त्रालयको कर्मचारी स्रोतले जनाएको छ ।

मन्त्रालयका उच्च अधिकारीले नाम नबताउने शर्तमा टेलिफोनमा भने, ‘यो सवै योजनावद्ध काम हो, यस्तो निर्णय गर्न स्वास्थ्य सचिवलाई अधिकार छैन,’ उनले भने, ‘विश्वविद्यालयले त आफैंले शैक्षिक कार्यक्रम संचालन गर्ने हो, आफ्नै आन्तरिक व्यवस्थापन लथालिङ भएको पूर्वाञ्चल विश्वविद्यालयले कसरी आफ्नो शैक्षिक कार्यक्रम अर्को अस्पतालमा संचालन गर्न दिन सक्छ ?’

स्वास्थ्य मन्त्रालयले कार्यन्वयनमा ल्याएको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धि निर्देशिका २०७० को परिच्छेद ३ मा शिक्षण अस्पताल सेवा सञ्चालन गर्न अनुमति प्रदान गर्ने सम्बन्धी व्यवस्था गरिएको छ । त्यसको बुंदा १ मै ‘शिक्षण अस्पताल सेवा सञ्चालन अनुमति नेपाल मेडिकल काउन्सिलको मापदण्ड बमोजिम मन्त्रालयले प्रदान गर्नेछ’ भनिएको छ ।

स्वास्थ्यमन्त्री दिपक बोहोरा राप्रपाबाट मन्त्री भएका हुन् । बोहोरा रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार बनेर चुनावी प्रचारमा केन्द्रीत छन् । त्यहि मौका छोपेर स्वास्थ्य सचिव रेग्मीलाई दबाबमा पारेर सहसचिव श्रेष्ठको योजनामा कानुन विपरित यस्तो निर्णय गरिएको हो ।

कोशी अंचल अस्पताल मेडिकल काउन्सिलले तोकेको मापदण्ड पुरा गर्नसक्ने अवस्थामै छैन । पूर्वाधारै नभएको कोशी अंचल अस्पताललाई मेडिकल कलेजसरह शैक्षिक कार्यक्रम सञ्चालन गर्नका लागि दिइएको सहमति गैरकानुनी रहेको जनाइएको छ ।

‘सचिवले पदीय दुरुपयोग गरेका छन्’, कर्मचारी स्रोतले भन्यो, ‘यसमा त स्वास्थ्य सचिव रेग्मीज्यूलाई अख्तियारमा उजुरी नै लाग्छ, अरू कर्मचारीले पनि अनाहकमा दुःख पाउने भए ।’

कोशी अंचल अस्पताल भर्खरै तंग्रीदै गरेको सरकारी अस्पताल हो । यहा“ चिकित्सक पनि अपुग छन् । भएका चिकित्सक पनि नियमित रुपमा बस्दैनन् । एमबिबीएस पढाउनका लागि चाहिने दक्ष जनशक्ति नै अभाव छ । मेडिकल कलेजसरह सेवा दिन आवश्यक पर्ने भौतिक पूर्वाधार १० प्रतिशत पनि छैन । आफ्नै भौतिक संरचना तयार गरेर गोठगाउ“मै मेडिकल कलेज सञ्चालन गर्ने प्रतिवद्धता जनाएको विश्वविद्यालय व्यवस्थापनले निर्वाचनमा मुखमा राजनीतिक दलको दबाबमा कोशी अंचल अस्पतालमा तत्कालका लागि कक्षा संचालन गर्ने खेलमा लागेपछि पुवी व्यवस्थापनका कर्मचारी नै असन्तुष्ट बनेका छन् ।

‘अरुलाई कलेजको सम्बन्धन र कक्षा संचालनको अनुमति दिने पियु आफैंले चैं मेडिकल कलेज संचालन गर्न सक्दैन ?’ पूर्वाञ्चल विश्वविद्यालयका एक कर्मचारीले भने, ‘यसमा मेडिकल माफियाहरुकै हात छ ।’

स्वास्थ्य मन्त्रालयले छलफलबिनै पूर्वाञ्चल विश्वविद्यालयको शैक्षिक कार्यक्रम कोशी अंचल अस्पतालमा थोपरेको हो । पियुले पनि अहिलेसम्म कोशी अंचल अस्पतालस“ग यस विषयमा छलफल नगरेको अंचल अस्पताल व्यवस्थापन समितिका एक सदस्यले बताए । ‘हामीस“ग छलफल हुनुप¥यो नि, छलफलै नभएको विषय कहा“बाट आयो ?’ उनले भने ।

सुनिल शर्मा पनि विरोधमा
हाल पूर्वमा नोबेल मेडिकल कलेज र विराट मेडिकल कजेल गरी दुईवटा कलेज छन् । यसअघि विराट मेडिकल कलेजको अनुमति लिन गएका डा.ज्ञानेन्द्रमान सिंह कार्कीलाई नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माले रोक्ने अनेकौं प्रयत्न गरेका थिए ।

बाहिर बाहिर अहिले शर्माले निर्वाचन क्षेत्र नम्बर ३ मै छुट्टै मेडिकल कलेज खोल्ने भन्दै हैवा फैलाएपनि उनी मेडिकल कलेज सञ्चालनको विरुद्धमा उत्रिएका मानिस हुन् । डा.कार्कीलाई रोक्न उनले स्वास्थ्य र शिक्षा मन्त्रालयमा करोडौं रकम खर्चिएको त्यतिबेला चर्चा थियो ।

आफ्नो मेडिकल कलेज सुक्ने भएकोले पनि सुनिल शर्मा पूर्वमा कुनैपनि मेडिकल कलेज संचालन नहुन् भन्ने पक्षमा छन् । पूर्वाञ्चल विश्वविद्यालय आफैंले एमबिबिएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेकोले शर्मा भित्री रुपमा त्यसको विरुद्धमा रहेको नोबेल मेडिकल कलेज स्रोतले जनाएको छ । ‘नत्र त नोबेलमा विद्यार्थी सुकिहाल्छन् नि,’ स्रोतले भन्यो ।

शर्माले पछिल्लो पटक डा.गोविन्द केसीको अनसनमा पनि समर्थन गरेका थिए । डा.केसीले नेपालमा मेडिकल कलेजको सम्बन्धनमा रोक लगाउनु पर्ने लगायतका माग राखी पटक–पटक अनसन बस्दै आएका छन् । त्यसैलाई हतियार बनाएर नोबेल सञ्चालक शर्मा पूर्वमा कुनैपनि नया“ मेडिकल कलेज सञ्चालन नहुन् र आफ्नो मेडिकल कलेजमात्रै टिकिराखोस् भन्ने भित्री मनसायमा छन् । पियुले समेत मेडिकल कलेज संचालन गरेको खण्डमा शर्माका लागि निकै ठूलो टाउको दुखाई बन्ने स्रोतको दाबी छ ।

कांग्रेस मेडिकल कलेजको विरोधमा
२०७१ साल चैत्र १७ गते तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाले नै कांग्रेसबाटै तत्कालिन शिक्षा मन्त्री तथा कांग्रेस नेतृ चित्रलेखा यादवलाई विराट मेडिकल कलेज र देवदह मेडिकल कलेजको सम्बन्धन रोक्न ठाडो निर्देशन दिएका थिए । माथेमा प्रतिवेदनको आडमा कोइरालाले यादवलाई मेडिकल कलेजको सम्बन्धन दिने सम्बन्धि कुनै कारवाही नगर्नु नगराउनु भन्दै थर्काएका थिए ।

त्यतिबेला पनि विराटको सम्बन्धन रोक्न सुनिल शर्माले शिक्षामन्त्री यादवलाई मोटो रकम अफर गरेको कुरा बाहिर आएको थियो । अहिले बजारमा कांग्रेसकै कारण पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेजले शैक्षिक कार्यक्रम संचालन गर्न लागेको हल्ला पिटाइए पनि भित्री कुरा भने ठिक त्यसको उल्टो रहेको छ । त्यतिबेलादेखि नै मेडिकल कलेज संचालनको विरोधमा कांग्रेस अहिले आफैं मेडिकल कलेजको शैक्षिक कार्यक्रम संचालनको पक्षमा एकाएक कसरी आयो भन्ने बिषयमा स्वास्थ्य क्षेत्रका सरोकारवालाहरु कान ठड्याएर बसेका छन् । कांग्रेस नेता शेखर कोइरालाका समर्थकहरुले भने कोइरालाको एकल प्रयासले निर्णय भएको बाहनामा भोट बटुल्ने कसरतमा लागेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर