RUMPUM
animated ellipse animated ellipse

कान्तिपुर कलेजलाई सफलता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ पुष २०७३, बिहीबार २०:२४
3
Shares
पुष्पराज थपलिया
२८ पुस, विराटनगर/ पूर्वाञ्चल क्रिकेट एकाडेमीको आयोजनामा विराटनगरको डिग्री कलेजको खेल मैदानमा आज देखि शुरु भएको अन्तर कलेज २०–२० क्रिकेट प्रतियोगिताका कान्तिपुर कलेजले विजयी शुरुवात गरेको छ ।
बिहिबारै भएको उदघाटन खेलमा अरनिको कलेजलाई ८ विकेटले पराजित कान्तिपुर कलेज दोस्रो चेरणमा प्रवेश गरेको छ । टस हारेर ब्याटिङ निम्तो पाएको अरनिकोले निर्धारित २० ओभरको खेलमा १७ दशमलव २ बलमा सवै विकेट गुमाई ७४ रन झिनो योगफ तयार पारेको थियो ।
अरनिकोका अजय साहले १६ रन र आकाश कार्कीले १५ रनको योगदान दिएका थिए । कान्तिपुरका बब्लु राजबाहाकले ३ विकेट लिएका थिए ।
प्रतिउत्तरमा ७५ रनको झिनो लक्ष्य पछ्याएको कान्तिपुरले ९ दशमलव २ बलमा २ विकेट गुमाई सो विजय लक्ष्य पार गरेको थियो । कान्तिपुरका अमर दासले २३ बलमा ४ छक्का र ४ चौकाको प्रहार गरी नटआउट ४४ रनको योगदान दिएका थिए । उनी खेलको म्यान अफ द म्याच घोषित भए अरनिकोका दिपक नेपोलियम र राजन राईले १–१ विकेट लिए ।
माघ ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विराटनगरका ११ कलेजको सहभागिरहेका पूर्वाञ्चल क्रिकेट एकाडेमीका अध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर