RUMPUM
animated ellipse animated ellipse

औचित्य पुष्टि नभएसम्म संविधान संसोधन हुदैन-नेता नेम्वाङ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ कार्तिक २०७३, बिहीबार १३:०६
3
Shares
फाइल तस्वीर

अनिल श्रेष्ठ
विराटनगर, २५ कार्तिक / नेकपा एमालेका नेता एंव पुर्व सभामुख सुभाषचन्द्र नेम्वाङले औचित्य पुष्टि नभएसम्म संविधान संसोधन कुनै हालतमा हुन नसक्ने बताए ।

विराटनगर विमानस्थलमा आज बिहीबार संचारकर्मीसंग कुरागदै नेता नेम्वाङले संविधान संसोधन गर्ने हो भने सरकारले त्यसको औचित्य पुष्टि गर्न सक्नुपर्ने बताए ।

९० प्रतिशत सांसदको हस्ताक्षरमा वनेको संविधान संसोधनका लागी किन र केका लागी संसोधन गर्नुप¥यो भने विषयमा सरकारले अहिले सम्म प्रमुख प्रतिपक्षदल एमालेसंग कुनै छलफल नगरेको बताएका छन् । मुख्य दलको सहमतीमा यस अघि संविधान संसोधन भइसकेकाले पटपटक संविधान संसोधन गर्दै जादा थप समस्या सृजना हुने उनको भनाई थियो ।

नेता नेम्वाङले संविधानको सफल कार्यान्वयनै अहिलेको आवश्यकता भएकाले त्यसकालागी मुख्यदलहरु विच एकता आवश्यक रहेको बताएका हुन् । उनले निरंकुस सासन विरुद्ध जसरी मुख्य दल एक भएर आन्दोलन गरेका थिए संविधान कार्यान्वयनका लागी पनी त्यो एकता जरुरी रहेको बताएका छन् ।

नेता नेम्वाङले अख्तियार प्रमुख लोकमान सिंह कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कार्वाही गर्ने धम्कि दिने देिख लिएर न्यायपालिका र व्यवस्थापिकाको काम कार्वाहीमा समेत अवरोध गर्न खोजेकाले महाअभियोग प्रस्ताव आएको बताएका छन् ।

उनले सत्तापंक्षकै प्रस्तावमा अख्तियार प्रमुख कार्कीमाथी महाअभियोग लगाउने प्रस्ताव संसदमा दर्ता गरेकाले प्रस्ताव सहजै रुपले पारित हुने दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर