RUMPUM
animated ellipse animated ellipse

एसईईको नतिजा सार्वजनिक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ असार २०७४, शुक्रबार १७:१५
3
Shares
काठमाडौं,२ असार । माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा आज प्रकाशित भएको छ ।
एसईई परीक्षाका नियमिततर्फ ४ लाख ४५ हजार ५ सय ६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेडतर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ
यस वर्षदेखि शुरु भएको एसईई परीक्षामा ४ लाख ६२ हजार १ सय ३६ जना परीक्षार्थी सामेल भएका थिए । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल नहुने परीक्षा बोर्डले जनाएको छ ।
सार्वजनिक भएको नतिजा अनुसार जीपीए ३.६५ देखि ४ सम्म १२ हजार २ सय ८४ जना उत्तीर्ण भएका छन् भने जीपीए ३.२५ देखि ३.६० सम्म ४२ हजार ४ सय २७ विद्यार्थी उत्तीर्ण भएका छन् ।
त्यस्तै जीपीए २.८५ देखि ३.२० सम्म ५० हजार ५ सय ४६ जना उत्तीर्ण भएका छन् भने जीपीए २.४५ देखि २.८० सम्म ६१ हजार ९ सय ५५ जना उत्तीर्ण भएका छन् ।
नतिजा हेर्नका लागि
परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरकाे बेवसाइ www.soce.np मा हेर्न सकिने बाेर्डले जनाएको छ । त्यस्तै  www.neb.gov.np नतिजा हेर्न सकिने बाेर्डले जनाएको छ । तर, लोड बढी भएका कारण यी साइटहरू खुल्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर