RUMPUM
animated ellipse animated ellipse

एमालेको विचारलाई जनता समक्ष पूर्याउन मेरो उमेद्धवारी- ढकाल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ पुष २०७३, सोमबार १९:५२
3
Shares
एमाले मोरङको आठौ जिल्ला सम्मेलन विराटनगरमा जारी छ । अधिवेशन मार्फत आगामी चार बर्षकालागि नेतृत्व चयन गर्ने छ । नयाँ नेतृत्वकालागि एमालेका बर्तमान अध्यक्ष महेश रेग्मी र पूर्व अध्यक्ष विनोद ढकालले उमेद्धवारी दिने तयारी गरिरहेका छन् । तीन दशक अघि देखि विद्यार्थी राजनीतिबाट अघिबढेका विनोद ढकाल अनेरास्वीयूको केन्द्रिय उपाध्यक्ष सम्म भए । आजदेखि शुरु भएको ८ औं जिल्ला अधिवेशनको निर्वाचन २७ गतेदेखि हुदैछ । आठौ अधिवेशनको सेरोफेरोमा ढकाल सँग गरिएको कुराकानीको सम्पादित अंश हामीले प्रस्तुत गरेका छौ ।
कस्तो चल्दैछ प्रचार प्रसार ?
मुलत तः यो पार्टी भित्रको आन्तरिक चुनाव हो । प्रतिनिधी छनोट भएर आएका साथीहरुसँग भेटघाट गर्ने, टेलिफोनमा कुराकानी गर्ने र पार्टी भित्रका विविध पक्षका विषयमा कुराकानी गर्ने र राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्ने जस्ता कृयाकलाप नै प्रचारप्रसारको आधार हो । अरु बाह्य शक्तिसँग लडेजस्तै यो चुनाव होइन, त्यसैले पनि भेटघाट र कुराकानी नै प्रचार प्रसारको माध्यम हो ।
कार्यकर्तामा कस्तो उत्साह देख्नुहुन्छ ?
अहिलेको राष्ट्रिय राजनीति एमालेको नेतृत्वमा छ । एमालेले राष्ट्रवादी अडान लिएर जनता माझ गइरहेको छ । देशभित्र र बाहिर मोर्चाबन्दी भइरहेका बेला कार्यकर्ताहरुले यसलाई फेस गर्नसक्ने नेतृत्व चाहेका छन् । खास गरेर पछिल्लो समयमा एमालेले आर्थिक समृद्धीको नारा सँगसँगै लगेका कारणपनि कार्यकर्तामा उत्साह छ । यहि उत्साहको जगमा नेतृत्वका लागि साथीहरुले मलाई अगाडि सार्नुभएको छ ।
कार्यकताहरुले विनोद ढकाललाई नै रोज्नुपर्ने कारण के ?
हुन त  अघि मेलै भनिसके कार्यकतामा देखिएको उत्साहलाई जोगाउदै आम नागरिकमा समृद्धिको नारा पुयाउन जिल्ला नेतृत्वको खाँचौ छ । अहिलेको एमालेको अडान र विचारलाई जनताका माझमा सशस्त रुपमा लैजान सक्ने नेतृत्व जनताले खोजेका छन् । जनताको भावना कार्यकतामार्फत प्रतिबिम्बित भएको छ । यहि भावनालाई आत्मसात गरेर नै मलाई साथीहरुले अघि सार्नु भएको हो । कार्यकर्ताहरुले पार्टीलाई एकबद्ध बनाउने नेतृत्व खोजेका छन् ।
अहिले जनताले पार्टीको दृष्टिकोण र विचारसँगै नेता सँग पहुँच पनि खोजेका हुन्छन् । बुझ्ने गरि भन्दा मर्दापर्दाको साथी पनि नेता बनुन् भन्ने चाहना कार्यकतामा हुन्छ । के यो कुरा तपाईमा पाउन सकिन्छ ?
मलाई लाग्छ म पार्टीको विचारलाई सशक्त रुपमा बोक्न सक्छु । हिजो विद्यार्थी राजनीतिबाट प्रशिक्षित भएर अनेरास्वीयुको नेतृत्वदायी भुमिकामा समेत रहेकाले पार्टीको नीति सिद्धान्तलाई राम्ररी बुझेर जनता माझ पु¥याउन निरन्तर ३२ वर्ष देखि क्रियाशिल छु । कुुरा जनता सँंगको पहुँचको रह्यो मलाई लाग्छ, सिंगो मोरङ एमाले पंक्तिका दुःख सुखमा पुगेको छु । अहिले पनि जनताले चाहेको बेला मेरो उपस्थितीलाई प्रभावकारी बनाउने प्रयास जारी छ । यसकारण पनि मेरो सामिप्यता कार्यकता र जनतासँग उत्तिकै छ ।
अहिलेको परिस्थितीमा तपाईले जित्ने आधारहरु के के हुन् ?
हुन त अघि गरिएका कुराकानीबाटै मेरा जित का आधारहरु छर्लङ्ग भएका छन् । तथापी पार्टी संगठनको गतिशिलता र हरेक तहमा पार्टी पुग्ने कुरा महत्वपूर्ण हुने रहेछन् । मेलै मेरा गतिविधी मात्र होइन पार्टीका आम कार्यक्रम जनता सँग पु¥याएको थिए । त्यसो हुनाले पनि मेरा आधारहरु जिवित छन् । म विरुद्ध भित्र र बाहिर यदाकदा गरिने टिप्पणीहरु गलत सावित भएका छन् । पार्टीलाई चुस्त र दुरुस्त बनाउन र आम कार्यकताको भावना समेट्न सक्ने क्षमता म मा रहेको कार्यकर्ताले महसुस गरेका छन् । पार्टीका विभिन्न कमिटीहरु एकबद्ध बनाउने सवालमा नेतृत्व चुकेको महशुष कार्यकर्ताले गरेका छन् ।
कतिपय अवस्थामा तपाईलाई विकृती विसङ्गतीलाई संरक्षण गरेको आरोप लाग्छ नी ?
३२ वर्षे राजनैतिक यात्रामा विनोद ढकाल खुल्ला किताब हो । राजनैतिक यात्रामा म सँग नजिक हुने र मलाई चिन्नेहरुले मेरो व्यवहार हेरेर म कस्तो हुँ भन्ने कुरा बुझ्छन् । नेकपा एमाले भनेको बर्खामा उर्लिएको खहरे खोला होइन, यो एउटा विशाल समुन्द्र हो । समुन्द्रभित्र अनेक थरी जिवहरु हुन्छन् । ति सबैका अस्तित्वलाई स्वीकार्नु पर्छ । समुन्द्र भित्र कहिले काँहि कुनै एउटा जिवले ठुलो हल्ला गरो वा टाउको हल्लायो भन्दैमा त्यसलाई मार्ने भन्दा त्यसको बाध्यता र परिस्थितीलाई बुझेर म्यानेज गर्नुपर्छ । पार्टीमा धेरै कार्यकताहरु छन् । सबै कार्यकताले नेतृत्वसँग संरक्षण खोजेका हुन्छन् । त्यो स्वभाविक हो कहिलेकाँही हामी सामान्य कुरालाई तिललाई पहाड बनाउने गछौँ ।
अन्त्यमा कार्यकतालाई के भन्न चाहनुहुन्छ ?
अहिलेको आवश्यकता लाई मुल्याङ्कन गर्नुस र पार्टीलाई एक ढिक्का बनाएर कसले अगाडि बढाउन सक्छ त्यो मनन गर्नुस् । फराकिलो छाति बनाएर पार्टीको नीति सिद्धान्तलाई जनता माझ पु¥याउन कसले सक्छ त्यो मुल्याङ्कन गर्नुस । अबको दुनियामा सङ्कीर्ण मानसिकताले अगाडि बढन सकिदैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर