RUMPUM
animated ellipse animated ellipse

एजेलियाले पहिलो दिन दुई सय विरुवा रोप्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ चैत्र २०७३, शनिबार १३:१८
3
Shares
विराटनगर, २६ चैत / विराटनगरमा रहेको एजेलिया बोर्डिङ स्कूलले वृक्षारोपण गरेको छ । विराटनगर – १ भट्टाचौकदेखि पानीट्याङकीसम्मको सडकको बिचमा आज स्कूलले विभिन्न प्रजातिको फूलको विरुवा वृक्षरोपण गरेको हो ।
वृक्षरोपण कार्यक्रमको सुभराम्भ विराटनगर उपमहानगरपालिको कार्यकारी अधिकृत दिपक कोइरालो गरेका थिए । करिब एक किलोमिटर रहेको सो क्षेत्र हाराभारा बनाउने उद्देश्यले पहिलो दिन धुपी २ सय वटा रोपेको स्कूलका प्रिन्सिपल सेवक बजगाईले जानकारी दिए । बाँकी रहेको क्षेत्रपनि चाँडै अन्य विभिन्न प्रजातिको विरुवा रोपी त्यसको संरक्षण गर्ने जिम्मा स्कूलले लिएको हो ।
विराटनगर उपमहानगरपालिकाको कार्यकारी अधिकृत कोइराला र स्कूलका प्रिन्सिपल बजगाईले यस अघि नै सम्जौता पत्रमा हस्ताक्षर गरी स्कूललाई वृक्षारोपण गरी संरक्षण गर्न जिम्मा दिएको थियो ।
सो क्षेत्रमा वृक्षारोपण गर्न आवश्यक फूलहरु उपमहानगरपालिकाले जिल्ला वन कार्यालय मोरङसँग सहकार्य गरी उपलब्ध गाराउने छ ।
पाँच वर्षसम्मको लागि स्कूलले वृक्षारोपण गरी संरक्षण गर्ने जिम्मा स्कूललाई दिएको नगरपालिको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर