RUMPUM
animated ellipse animated ellipse

उर्लाबारीको बजेट साढे १५ करोड

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ माघ २०७३, सोमबार १९:३०
3
Shares

३ माघ,उर्लाबारी / उर्लाबारी नगरपालिकाको आर्थिक वर्ष २०७४÷०७५ कोे स्वीकृत बजेट, नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गरेको छ ।

आगामी आर्थिक वर्षका लागि नगरपालिकाले १५ करोड ५६ लाख ८८ हजार अनुमाति बजेट संघीय मामिला तथा स्थानीयविकास राज्यमन्त्री श्रीप्रसाद जबेगूले सार्वजानीक गरेका हुन् । आन्तरिक स्रोतबाट एक करोड ५९ लाख, बाह्य स्रोतबाट ५३ लाख, सामाजिक सुरक्षा अनुादनबाट ५ करोड ८५ लाख, पुजिँगत अनुदानबाट प्राप्त ४ करोड ९५ लाख, रजिस्ट्रेशनबाट ३५ लाख, पूर्वाधार विकासबाट एक करोड ४७ लाख ४४ हजार तथा अन्य विविध शिर्षकहरुबाट १५ करोड ५६ लाख रुपैँया आयमार्पmत प्राप्त हुने नगरपालिकाले जनाएको छ ।

यस्तै, प्रस्तावीत खर्चतर्फ प्रशासनीकमा ७ करोड ५५ लाख १५ हजार रहेको छ । यसमा सामाजिक सुरक्षा समेत जोडिएको नगरपालिकाद्वरा प्रस्तुत पुस्तिकामा उल्लेख गरिएको छ । यस्तै, कार्यक्रम तथा पुजीँगत खर्चमा ८४ लाख ५० हजार, अन्य कार्यक्रम खर्चमा १८ लाख ५० हजारलगायत अन्य विभिन्न शिर्षकहरु गरी आय बराबरको खर्च हुने बताइएको छ । नगरपालिकाले चालू आर्थिक वर्षमा आन्तरीक,बाह्य,समाजिक सुरक्षा, नेपाल सरकार लगायत अन्य विभिन्न शिर्षक गरी १६ करोड ८७ लाख ४५ हजार को बजेट संशोधिन गरी स्वीकृत पेश गरको छ ।

नगरपालिकाले आफ्नो उपलब्धीहरुमा एकिृत सम्पत्ति कर प्रणालीको वैज्ञानिक ढंगबाट शुरुवात गरेको, निजी क्षेत्रलाई फोहोर व्यव्स्थापनको जिम्मा लगाएको, सौर्य सडक बत्ती कार्यक्रमबाट चालू आर्थिक वर्षबाट प्रारम्भ गर्ने, सिमसारयुक्त पर्यटकीय नगरी उर्लाबारीलाई कार्यान्वयन गर्न नगर क्षेत्रका सिमसारहरुलाई सुन्दर र आकार्षक बनाउन चालू आर्थिक वर्षमा बजेट विनियोजन गरिएको, सिसी क्यामेरा जडान, कभड हल निर्माण, बक्राहा घाट निर्माण जस्ता महत्वकांक्षी योजनाहरु समेत सार्वजनिक गरेको छ ।

सोही अवसर पारेर दुई जना पत्रकारलाई पुरस्कृत गरेको छ । यसरी पुरस्कृत हुनेहरुमा गोविन्द पोख्रेल र मदनबावु प्रसाइ रहरेका छन् । पोखरेले क्रियाशील पत्रकारिता र प्रसाईलाई विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर