RUMPUM
animated ellipse animated ellipse

उपभोक्ता समिति गठन गर्न आलटाल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ चैत्र २०७३, बुधबार १९:२९
3
Shares
विराटनगर चैत २३ / सुनसरी मोरङ सिंचाई आयोजना अन्तरगत गठित जल उपभोक्ता समन्वय समितिको म्याद सकिएको डेढ महिना बितिसक्दा पनि आयोजनाले समितिको नयाँ निर्वाचन गराउन सकेको छैन । समन्वय समितिको पदावधि गत फागुन १४ गते समाप्त भएको हो ।
मोरङ र सुनसरी जिल्लाको झण्डै ७० हजार हेक्टर जमीनलाई सिंचित गर्ने आयोजनाले नयाँ समिति चयन नगर्दा किसानलाई प्रत्यक्ष असर पुगेको छ ।
समयमै नहर मर्मत नगर्दा किसानले चैते धान लगाउन पाएका छैेनन । अघिल्ला बर्षहरूमा पानी बग्ने नहरमा अझै पानी छोडिएको छैन ।
आयोजनाले उपभोक्ता समिति मार्फत नै लाखौं मुल्यको मर्मत सम्हारको काम गर्दै आएकोले कतिपय मर्मतका काम रोकिँदा किसानलाई प्रत्यक्ष असर पुगेको हो ।
तर,आयोजनाका प्रमुख तारानाथ पौडेलले आलटाल गरी समन्वय समितिको निर्वाचन हुन नदिएको उपभोक्ताहरूले आरोप लगाउँदै आएका छन् । उपभोक्ताले भनेका छन ‘कार्यलय प्रमुखको संरक्षणमा निर्वाचन रोकिएको हो । उहाँको संरक्षण नरहेको भए पदावधि सकिएको समन्वय समितिको बैंक खाता रोक्का हुनु पर्ने हो । तर, समितिको बैक खाताबाट कारोवार भइरहेको छ ।’

कार्यलय प्रमुख पौडेल र समन्वय समितिका अध्यक्ष रामप्रसाद मेहता बीच लेनदेन मिलाउन समन्वय समितिको पदावधि लम्ब्याउने प्रयास समेत भइरहेको उपभोक्ताहरू बताउँछन् ।
चतरा मुल नहर अन्तरगत रहेका २० वटा शाखा नहर मध्ये अझै ७ वटा शाखा नहरको निर्वाचन हुन सकेको छैन ।
आयोजनाका ब्यवस्थापन शाखा प्रमुख बेणुकुमार पौडेल प्राविधिक कारणले समन्वय समितिको निर्वाचन गर्न नसकिएको बताउछन । उनले भने ‘ –कतिपय शाखाको निर्वाचन गर्न उपभोक्ता नै सक्रिय छैनन् । हस्तक्षेप गर्ने कानून हामी कहाँ छैन ।’

आयोजनाका लेखा अधिकृत हेमन्त गौतमका अनुसार आयोजनाका लागि चालु आवमा ८५ करोड २५ लाख ८९ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । जस मध्ये चैतको १६ गते सम्ममा ५२ करोड ४६ लाख २७ हजार ४४९ रुपैयाँ खर्च भइसकेको छ ।

आव ०७१/०७२ मा ६३ करोड ५ लाख ८७ हजार ५३ रुपैयाँ बजेट आएकोमा आयोजनाले ५८ करोड ५४ लाख ८८ रुपैयाँ मात्र खर्च गर्न सक्यो । यस्तै आव २०७२/०७३ मा ५९ करोड ८७ लाख ४४ हजार ८०३ रुपैयाँ बजेट आएकोमा ५६ करोड ७० लाख ९ हजार ७७६ रुपैयाँ मात्र खर्च हुन सक्यो ।

आयोजनाले गर्ने अधिकांश काम खोलामा स्पर निर्माण ,तारजाली हाल्ने र नहर मर्मतमा आधारित छन् । त्यस्ता काम भएको जानकारी समूदाय र उपभोक्तालाई कहिल्यै थाहा नहुँदा करोडौं रुपैयाँ मर्मत र सम्हारका नाममा वालुवा झैं बगिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर