खबर पूर्वाञ्चल
८ मंसिर २०७३, बुधबार २१:३२
इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिकाका वडा नम्वर १८, १९ र २० लाई मिलाएर एउटै वडा बनाउने बिषयको बिरोध गर्दै स्थानीय राजनीतिक दलले इटहरी उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा मधेशवादी दलहरु समेतको संयुक्त संघर्ष समितिले निर्णय तत्काल सच्याउन माग गर्दै ज्ञापनपत्र बुझाएका हुन ।
ज्ञापनपत्र बुझाउँदै संयोजक प्रकाश बस्नेतले स्थानीयवासीको भावना विपरितको निर्णय कसैलाई पनि मान्य नहुने बताए । एक बर्षअघि इटहरी उपमहानगरपालिका घोषणा हुँदा इटहरीसँग गाभिन आएका पकली, हाँसपोसा, एकम्वा र खनार गाविसका धेरै वडाहरुमा अहिले स्थानीय निकाय पुनर्संरचना आमयोगको मापदण्ड अनुसारको जनसंख्या अपुग भइ वडा समायोजन गर्नुपर्ने अवस्था सिर्जना भएपछि स्थानीयबासी विरोधमा उत्रिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया