RUMPUM
animated ellipse animated ellipse

इंग्ल्याण्डले भारतलाई ७ विकेटले हरायो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ माघ २०७३, बिहीबार २१:२५
3
Shares
कानपुर, माघ १३ /पहिलो टी–२० क्रिकेटमा इङ्ग्ल्याण्डले भारतलाई ७ विकेटले हराएको छ ।
 यससँगै तीन खेलको शृंखलामा इंल्ग्याण्डले १–० को अग्रता लिएको छ । कानपुरमा जितका लागि पाएको १ सय ४८ रनको लक्ष्य पाहुना टोली इङ्ग्ल्याण्डले १८ दशमलव १ बलमा  भेट्टाएको हो । टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको घरेलु टाली भारतले निर्धारित २० ओभरमा ७ विकेटको गुमाई १ सय ४७ रन बनाएको थियो ।
भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनीले अविजित ३६ रन, सुरेश रैनाले ३४ तथा कप्तान विराट कोहलीले २९ रन  बनाए । इङ्ग्ल्याण्डका मोइन अलीले दुई  र टामल मिल्स, क्रिस जोर्डन, लाम प्लङकेट र बेन स्ट्रोक्सले एक एक विकेट लिए ।
जवाफमा  १ सय ४८ रनको मध्यम चुनौति पाएको इङ्ग्ल्याण्डले ११ बल बाँकी छँदै ३ विकेट गुमाए भेट्टायो । उसका लागि इओन मोर्गानले ५१ तथा जोय रुटले अविजित ४६ रन बनाए । यस्तै ज्यासन रोयले १९, साम बिलिङ्सले २२ रन बनाए । भारतका युजभेन्द्र चाहलले दुई र परभेज रसुलले एक विकेट लिए। भारत र इङ्ग्ल्याण्डबिच दोस्रो ट्वेन्टी ट्वेन्टी खेल नागपुर आइतबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर