RUMPUM
animated ellipse animated ellipse

आर्थिक बचतमा केसी निर्वाचित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ पुष २०७४, शनिबार १९:४५
3
Shares
बिराटनगर, २९ पुस/ आर्थिक बचत तथा ऋण सहकारी संस्था लि को सभापतिमा गोकुलबहादुर केसी निर्वाचित भएका छन् केसीले सरस्वती पाण्डेलाई ९ मतको अन्तरले पराजित गरेका छन् । केसीले २१ मत र पाण्डेले १२ मत ल्याएका थिए ।

त्यस्तै उपाध्यक्षमा मोहन राई, सचिवमा सन्तोषी सुनुवार, कोषाध्यक्षमा निना राई निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यहरुमा श्रीमती दुर्गाकुमारी देवकोटा,भवानी सुवेदी,मिरा शाक्य,सिता केसी, अनिता महत निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी लेखा समितिमा संयोजक शरद वराल, सदस्य अरुण तिम्सिना, सिता घिमिरे तिम्सिना चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि मोरङ जिल्ला अदालत वार का सचिव अधिवक्ता पिकम राई, रामबहादुर केसी, अनलाई मिडिया समुह मोरङका संयोजक तेजेन्द्रबहादुर भण्डारी, लेखा समिति संयोजक मोहन राई, शरद वराल, मनिसा निरौंला र सरस्वती पाण्डेलगाएतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर