RUMPUM
animated ellipse animated ellipse

आयोजक उपाधि नजिक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० कार्तिक २०७३, बुधबार १९:११
3
Shares

खबर पूर्वाञ्चल सम्वाददाता
पथरी,कार्तिक  १०/ आयोजक नव प्रगतिशिल समाज सेवा क्लब मोरङको केरौन जहदामा जारी ‘प्रुडेन्सियल चौथो केरौन जहदा गोल्डकपको उपाधि नजिक प्रवेश गरेको छ ।

आज भएको पहिलो सेमिफाइनलमा आयोजकले झापाको सशस्त्र प्रहरी बल(एपीएफ)लाई १–० को गोल अन्तरले पराजित गर्दै उपाधि नजिक प्रवेश गरेको हो ।

बुधबार भएको निकै प्रतिष्पर्धात्मक खेलको निर्धारीत ७० मिनेटको खेल मध्यन्तर अघि गोलरहित बरावरी भएको खेलमा एपीएफले पाएका पटक–पटकका अवसरलाई सदुपयोग गर्न नसक्दा खेलको हार भोग्नु परेको थियो ।

खेल शुरु भएकोे ३ मिनेटमा एपीएफका सुनिल आलेमगरले प्रहार गरेको गोल आयोजकका गोल रक्षक रविन क्षेत्रीले पञ्ज गरेर गोल हुनबाट जोगाएका थिए । खेलको १६ औँ मिनेटमा आयोजकका विशाल लिम्बू वान भर्सेस वान गोल गर्न चुकेका थिए ।

त्यसैगरी खेलको २६ औँ मिनेटमा एपीएफका हरि कार्कीले प्रहार गरेको बल पोष्टमाथिबाट बाहिरिन पुग्योे । मध्यान्तर पछिको २७ औँ मिनेटमा आयोजकका राकेश गुरुङले गरेको गोलनै खेलको निर्णायक सावित भयो । उवि खेलको म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत दोस्रो सेमिफाइनलको खेल शुक्रबार चर्च व्वाइज काठ्माडौँ र पूर्ब क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगर विच हुने आयोजक कमिटिका खेल संयोजक चरण गुरुङले बताए । फुटबलको फाइनल खेल शनिबार हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर