RUMPUM
animated ellipse animated ellipse

असाहय बालवालिका पढाउदै विद्यार्थी(भिडियो सहित)

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ मंसिर २०७३, बिहीबार १५:०९
3
Shares
पुष्पराज थपलिया
९ मंसिर,विराटनगर/ वरीपरी साना साना त्रिपालको छाप्रो । छेउमा एउटा आँपको बुढो रुख । रुखमा झुण्ड्याइएको एउटा सेतो बोर्ड । रुख वरीपरी बोरा ओछ्याएर बसेका साना केटा केटी ।
झट्ट हेर्दा पूरानो शिक्षण सैली, पाठसालाको झझल्को दिने दृष्य अरु काहीको नभई विराटनगर–१४ मा भानु मेमोरियल स्कूल पछाडि अमलाबारीको खाली जमिनमा देखिएको हो ।
खाली जमिनमा त्रिपाल टागेर बसेका फिरन्ते समुदायका बालवालिकालाई त्यही पुगेर पढाउदै छन् विराटनगरका कलेज पढने विद्यार्थीहरु ।
balbalikविराटनगरमा क्याम्पस पढदै गरेका केही विद्याथीहरुले छुट्टीको समय पढन नपाएका निरक्षर बालवालिकाको भविष्य बनाउनकालागि खर्चीरहेका छन् ।
balbalika1विराटनगरका कलेज पढदै गरेका पाँच विद्यार्थीले आफ्नै स्रोतमा दिनको तीन घण्टा २३ जना विपन्न बालवालिकाको भविष्य बनाउन समय खर्ची रहेका हुन् । सडकमा भिख मागेर हिडने फिरन्ते समुदायका बालवालिकालाई भेला पारेर पढाउदै आएका हुन् ।
balbalika‘बाटोमा हिडदा सधै पैसा माग्थे । पाल टागेर बसेका फिरन्ते समुदायका बालवालिकालाई बस्तीमै पुगेर पढाउदै आएकी मोनिका प्रधानले भनिन ‘ प्लस टु पढदा लेखेको कपीको खाली पानामा बालवालिकालाई क,ख सिकाई रहेका छौ ।’ पूरानो कपी, पूरानो डट को भरमा बोरा ओछयाएर पढाइरहेका छन बालवालिकालाई ।

छ दिन देखि मोनिका सहित पाँच जना विद्यार्थीले विपन्न बालवालिकालाई पढाउदै आएका हुन् ।

विराटनगर–१४ मा रहेको भानु मेमोरियल स्कूल पछाडि अमलाबारीको खाली मैदान छ । मैदानमा करिव १५ वटा जति साना साना त्रिपालको पाल टाँगिएका छन् । त्यही पालमा छन् ३० जना बालवालिका । ती मध्ये २३ जनालाई पढाउदै आएको महेन्द्र मोरङ क्याम्पसमा विएसी पढदै गरेका विद्यार्थी सुजन दाहालले बताए । ‘ अहिले हामीस“गै भएका सामाग्रीले पढाई रहेका छौ । उनले भने ‘ अक्षर चिनाएर स्कुल सम्म जाने बनाउछौ ।’

भारत फारविसगञ्ज घर बताउने फिरन्ते समुदायकी रेखा यादवले अक्षर चिनेकी छैनन । सात सन्तानकी आमा उनले पढन नपाएपनि विद्यार्थीहरुले घरमै गएर छोराछोरी पढाउन थालेपछि खुसी छन् । उनले छोरीलाई पढाई रहेकी छन् ।

‘हाम्रो आफ्नो जमिन छैन । पाल मुनी बस्दै आएका दयानन्द मण्डलले भने ‘ काही बस्ने टुङगो छैन । बच्चालाई पढाउने त परैको कुरा ।’

जाडोमा लगाउने लुगा समेत नभएका ती बालवालिकालाई घरबाट लुगा संकलन गरेर समेत उपलब्ध गराउन लागेको उनीहरुले बताएका छन् । ‘ठाउँ सरिरहे पनि एउटा सिप सिकाउने मन छ । मोनिकाले भनिन ‘ यहाँ बस्ने महिललाई गमलामा तरकारी फलाउनपनि सिकाउने योजना छ ।’

अभिभावककै स्वइकृति लिएर पढाउन थालेको उनीहरुले बताएका छन् । ‘बाटोमा हिडदा बच्चा देखेपछि मैले आएर अभिभावकलाई सोधे मोनिकाले भनिन ‘ वहाँहरुले सुरुमा विश्वास गर्नु भएन । मैले साथीहरु नआएपनि एक्लै आएर पढाउछु भने ।’

‘हुई आर रेडी नेपाल’ नामक सस्थाकी अध्यक्ष उनले साथीहरुस“ग कुरा राखेपछि अन्य साथीहरु पनि आएका उनले बताइन । शिक्षादिप कलेजमा प्लस टुबाट १२ कक्षा दिएकी उनी स“गै अहिले सुजन दाहाल, फाइजा अफताव, आरती भट्टराई, पूजा शर्मा, सञ्जय सिंहले पढाउदै आएका छन् ।

विराटनगर बाल मैत्री नगर हो । तर यही नगरमा विपन्न बालवालिकाहरु माग्दै हिडेपनि नगरपालिकाले चासो देखाएको थिएन । नगरले चासो नदेखाएपनि विद्यार्थीहरुले आफ्नै स्रोतमा विपन्न बालवालिकाको भविष्य उज्वल बनाउन सहयोग गरीरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर