RUMPUM
animated ellipse animated ellipse

अबैध सामान बरामद

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ बैशाख २०७४, बिहीबार १९:५१
3
Shares
रबिन्द्र बराल
रंगेली, १४ बैशाख / भारतबाट भन्सार छलि नेपाल भित्र्याउन लागेको १ लाख ५० हजार बराबरको अबैध सामान बरामद गरिएको छ ।
ईलाका प्रहरी कार्यालय रंगेलीकोे मातहतमा रहेको विभिन्न प्रहरी चौकीहरुले सीमा नाका र एरियाबाट अवैध रुपमा हुने भन्सार छली,चोरी निकासी एवम् पैठारी नियन्त्रण गर्ने उद्देश्य अनुरुप कारवाही स्वरुप विभिन्न समयमा फरक फरक नाकाबाट खटिएको प्रहरी टोलीले विभिन्न सामानहरु बरामद गरिएको छ ।
भारतबाट नेपाल भित्र्याउन लागेको हिरो साईकल ४ थान, टेबल पंखा १० थान,सिलिङ पंखा ५थान,केबल फ्रि च्यानल सेट ५ थान,प्रेसर कुकर ५ थान,पानी तान्ने मोटर २ थान ,खेसरी दाल १०० के.जी., लत्ता कपडा,फलामका सकेट तथा लुगा धुने साबुनलगायतका गरि अन्दाजी १ लाख ५० हजार रुपैयाँ बराबरको सामान बरामद गरि बिराटनगर स्थित भन्सार कार्यालय रानीमा आज बुझाईएको छ ।
त्यसैगरी मोरङको ,दर्बेशा,बयरवन, अमरदहलगायतका स्थानबाट रंगेलीतर्फ ल्याउदै गरेको अन्दाजी १ सय ५० लिटर अवैध घरेलु मदिरा समेत पक्राउ गरि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाईएको.ईलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख सन्जिवबाबू खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर